Saturday 18th of August | २०७५ भदौ २ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जेसिज अध्यक्षमा ढुंगेल निर्वाचित

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष ३० आइतबार |
newsabhiyan

भद्रपुर, ३० पुस (रासस) ः भद्रपुर जेसिजको अध्यक्षमा सोमप्रसाद ढुंगेल सर्वसम्मत निर्वाचित भएका छन् ।

वर्ष २०१७ मा जेसिजको जनसम्पर्क अधिकारीको जिम्मेवारी सम्हाली सक्नुभएका ढुंगेललाई चन्द्रगढीमा शनिबार सम्पन्न भएको जेसिजको ४४औँ वार्षिक साधारणसभाले वर्ष २०१८ का लागि अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।

यसैगरी कार्यकारिणी उपाध्यक्षमा सिर्जना उप्रेती प्रसाईं र जुनेस राउत सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

यसैगरी उपाध्यक्षमा क्रमशः खिलाराज पाण्डे, युवराज ढकाल, सविता कोइराला र सविता मैनाली घिमिरेलाई सर्वसम्मत चयन गरिएको भद्रपुर जेसिजले जनाएको छ ।

नेपाल जेसिजका १३९ वटा शाखामध्ये सबैभन्दा बढी सदस्य भद्रपुरमा रहेका छन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan