Tuesday 16th of January | २०७४ माघ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

संसार हल्लाउने भइसकेकी छैन, कोर्को मात्रै ...

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष ३० आइतबार
newsabhiyan
newsabhiyan

निर्मला न्यौपाने ,

सातकी नानीलाई लिइ काठमाडौं प्रस्थान गरें । बस अगाडि बढ्दा रंगीन पोखरा क्रमश पछाडि छुट्यो । पत्रिकामा राताम्य दिदीबहिनीहरु शाली नदीमा स्नान गरिरहेका थिए । केही लोग्ने मान्छेहरु फोटो खिच्न तल्लिन देखिन्थे । पत्रिकामा आँखा जोत्दा, ओंठमा मुस्कान फुल्यो । मेरो डिभोर्सपछि कमरेड धिरु मप्रति निकै सहानुभूतिशील देखिन्छन् । ‘कमरेड, हाम्रो संस्कृतिमा डिभोर्स हुँदैन । रामले सुनको सीता बनाएर यज्ञ गरे, दोस्रो बिहे गरेनन् । मनोरोगीले तपाईंसँग छुट्टिनासाथ बिहे ग¥यो । त्यो मान्छे अधमै हो…..!’

यो कुरा वयोवृद्ध कमरेड धिरुले धेरै पटक दोहो¥याए । पार्टी अफिसको हरेक भेटमा उनले मलाइ यो कुरा सुनाइरहे । चुनावी जुलुसमा मसँग निकै नजिकिए । कहिले आफ्नो हातको झन्डा मलाइ दिए । कहिले मेरो हातको झन्डा आफूले लिए । लाइनको भिडभाडमा ठेंस लाग्दा मैसँग ठोक्किन आइपुग्थे । अहिले सम्झिन्छु, मनोरोगी पोर्न फिल्मको एडिग रहेछ ।

ऊ पार्टीको काम भन्दै रातिको १÷२ बजेसम्म पनि ल्यापटपमा अल्झिरहन्थ्यो । उग्र यौन चाहना देखाएर पोर्न स्टारबारे कुरा गथ्र्यो । थकाइ र निन्द्राले चूर म निदाउनै बल गर्थें । मेरो अनिच्छालाई ऊ नक्कल ठान्थ्यो । गोपाल तामाङको कुरा उक्काएर मलाइ चिढ्याउँथ्यो । मेरो मौनतालाई गोपालसितको मेरो लसपसको स्वीकृति ठान्थ्यो । हिजै मैले अनलाइनमा उजिर मगरको ‘अँश’ को लेख पढें । ‘आलोक प्रवृत्तिका धेरै नेता–कार्यकर्ता अझै माओवादी पार्टीमा छन् !’ लामो सूची बनाउँदा पनि मनोरोगी १÷२ नम्बरमै पर्दो हो ।

धिरे बूढा शिक्षकबाट रिटायर्ड हुन् । संगठनको नेता छँदा शिक्षकहरुको सरुवामा खाली केटी र भेटी खोज्छन् भन्ने हल्ला थियो । टुल्कुको छोरो उसैको संगतले बिग्रेछ । टुल्कु कमरेडले बेइज्जति बेहोर्नु प¥यो । जिल्लाकै राजनीतिमा ओझेल परे । मैले अर्को सिटको मान्छेको हातको पत्रिकाको समाचारको हेडलाइन हेरें, ‘रामचन्द्रको च्याप्टर क्लोज बरु ५४ कि आरजुको सम्भावना छ’ लेखिएको रहेछ । फेरि हाँसो लाग्यो ।

म त ३४ कि छु । मैले च्याप्प नानीलाई समातें । म राष्ट्रपति भएँ भने विरोधीहरुले मलाइ ७ आकाश उचाल्ने छन् । म अध्ययनमै छु । ‘निरन्तरको अध्ययनले गतिशीलता बढाउँछ !’ प्रदीप गिरीको उद्गार टाउकोमा टाँसेकिछु । पत्रपत्रिकाको कटिङ् जम्मा गर्न थालेकी छु । दुनियाँ देख्दैछु र लेख्दैछु । हुन त हाइ प्रोफाइलमा जानैपर्छ भन्ने छैन ।

प्रदीप गिरी पटक–पटक मन्त्री भइसक्दा हुन् । कहिल्यै भएनन् । आदरणीय सुशीला कार्कीको लेख पढेकी थिएँ, ‘मितव्ययिता नै आदर्श जीवनको आधार हो !’ पार्टी छोड्छु भन्नेहरु पटक–पटक एमालेमा मन्त्री भएछन् । श्यामल त्यता लागेनछन् । २०७४÷०८÷०८ को ‘समाधान’ पढेकी थिएँ । पार्टीको नाम ‘एमाले’ र झन्डा ‘सूर्य’ जुराउने पण्डित श्यामल रहेछन् । लो प्रोफाइलमा बसेरै हाइ प्रेस्टिज धानिरहेका छन् ।

कहिल्यै सरकारी ओहोदामा नगएर पनि पोखराका बराल बा सबैद्वारा सम्मानित छन् । धिरु कालो अनुहारमा कालै मन झल्काउँछ । मनोरोगीले पार्टीको मुखपत्र डुबायो । स्याङ्जाली भनिने राजनहरु डुबे । फेरि अलिकति ओंठ च्यातिन्छ । भैरव अर्याल लेख्छन्, ‘पानी पेलेर बिजुली निकालिए जस्तै जनता आँसु पेलेर मुस्कान निकाल्छन् !’ सधैं रोएर बाँच्न सकिँदैन ।

काठमाडौं आएँ । छोरीको हर्नियाको उपचार गराउनुथ्यो । सोझै कान्ति बाल अस्पताल दाखिल भएँ । प्रमिला थकाली दिदीले बिर्सिनसक्नु गुन लगाउनु भयो । संसारमा मायालु मान्छेहरु छन् र नै संसार रमाइलो छ । अप्रेसन नै गर्नुपर्ने रहेछ । अप्रेसनपछि नानी बेहोसीकै हालतमा निदाइ । राजकुमार दाइ, भान्जीको टाउको मुसार्न थाल्नुभो । म फाल्तु भएँ । मेरी छोरी, मेरो संसार थिइ ।

मैले कविता लेखें–

‘मेरो रगत, मेरो जगत
दिसा–पिसाब स्यारें
¥यालसिँगान चाटें
तिमी हुकिँदै गयौ
म फुर्किंदै गएँ तर….’!

कविता छाप्न पठाएँ । छापिने आश्वासन पाएँ । छापिएको कविता पढ्ने प्रवल उत्सुकता जाग्यो । मनमनै रोमाञ्चित भएँ । पछि, कविता लाने साथीले ‘हेडक्वार्टरबाटै डिलिटको आदेश आयो’ भन्ने  सुनाए । मुख्य ध्येय नानीको उपचार थियो । कान्ति बाल अस्पतालका डाक्टर विजय थापा र नर्सहरुको सेवाको प्रभाव धमनीभरि फैलियो ।

सिर्जना त्रिपाठी र तेजु दिदीको मायाभावले हृदय द्रवित भयो । बाथरुममा गएर मज्जाले रोएँ । मन अलि हलुका भयो । ‘कम्युनिस्ट व्यवस्था आए रुन पाइन्नँ’ प्रधान मन्त्रीको चुनावी भाषण सम्झें । फेरि ओंठमा हाँसो फुल्यो । इन्द्रेणी सपना थिए, ती चकनाचुर भए । कम्युनिस्ट हुने सपना जीवित छ । अहिलेको काठमाडौं यात्रामा शाली नदी हेर्ने रहर थियो, भ्याइनँ । छोरीको डिस्चार्ज हुनासाथ पोखरा फर्किन हतार भयो । बिरामी आमा भत्भती मन पोल्यो । फर्किएँ ।

टोपी दिवसबारे केही टिपेकी थिएँ । लेख्नै मन लाग्यो । न्युज अपडेट हुनका लागि नेट खोलें । डाक्टर गोविन्द केसीको गिरफ्तारीले हो कि बिहानीको चिसोले हो थरर्र मुटु काम्यो । अस्मिताको मृत्युको समाचारमा रोंहदा बेर्नको पुस्तक ‘द सेक्रेट’ को छोटो चर्चा रहेछ । सम्पत्ति, स्वास्थ्य, सम्बन्ध र खुसीका बारे बताइएको छ अरे । त्यो पुस्तक पढ्ने तिव्र इच्छा जाग्यो । तर मेरो सहरमा अंग्रेजी नयाँ वर्षको शुभकामना आदानप्रदान हुँदैछ । संविधानले महिलाको पहुँचलाई ह्वात्तै बढाए पनि पति भक्तिमै ज्यान फाल्न सिकाइँदैछ । स्वस्थानी सुरु छ ।

न्यायप्रियता खुसीराम दाइको ध्येय

हाम्रो संविधानको खुकुलोपनकै कारण होला, यसपालिको क्रिसमस डे निकै चम्किलो दखियो । बाहिर क्रिस्मस डेको हल्लीखल्ली थियो । भित्र म टाइफाइडले ओछ्यान परेकी थिएँ । थाइरायड, कोलस्टोर, प्रेसर र सुगरको बिरामी आमाको सेवा लिइरहेकी थिएँ । धरक्क मन धर्कियो । पुसको दिन बाहिर चरक्क घाम लाग्दा आमा लोभिनु भयो । म आमाको सहारामा घाम ताप्न छतमा उक्लिएँ । मोबाइलको घन्टी बज्यो । पछिल्लो नम्बर उसको जस्तो लाग्यो । सेभ नभएको नम्बर, मैले उठाइनँ ।

आफ्नो आँट नपुगेर उसले उसलाई अरायो कि…! मलाई झनक्क रिस उठ्यो । मनभित्र तिव्र घृणाको मुस्लो उम्ल्यो । ऊ छोरीसित बोल्ने निहुँमा बारम्बार फोन गरेर सताउँथ्यो । मैले नेता गुहारेपछि २..३ महिनादेखि बन्द भएको थियो । आजको नम्बर उसैकी स्वास्नीको जस्तो लाग्यो । ऊ पनि महिला । हाम्रा कैयौं समस्या मिल्थे । ऊ डिभोर्स गेरेर बसेकी थिइ । मेरो सम्पूर्ण समवेदना ऊतिरै थियो । मैले आफ्नो पीडा सम्झेर उसको पनि पतिकै गल्ती होला भन्ठानेकी थिएँ । पछि मैले डिभोर्स दिने बित्तिकै उनीहरुले विहे गरे ।

प्रधानमन्त्री निवासमा बिहे सम्पन्न भएको थियो । उपमयेरमा चुनाव जित्नासाथ उसले मैले घृणाले मिल्काएको मान्छेसँग बिहे गरेकी थिइ । ऊ चौताराको मान्छे, काठमाडौंमा बढी बस्थिन् । पोखरा धेरै टाढाको कुरा थिएन । पोखराका महिला साथीहरुसँग एकचोटी उसले उसको बारे बुझ्नु पथ्र्यो । आँटै भए मैसँग कुरा गर्नु पथ्र्यो । हामी महिलाहरु पुरुष हिंसाले मात्रै पीडित छैनौं । प्रायः महिला साथीहरु महिलालाई आँखाले टोक्ने गर्छन् । मैले प्रत्यक्ष भोगें । सुरु–सुरुमा खुब रोएँ । हरेक कुराको बानी हुँदोरहिछ ।

अब त बानी प¥यो । त्यो निरीह ‘जनप्रतिनिधि’ प्रति दया जाग्छ । बेलाबेलामा झोंक नचल्ने चाहिँ होइन । झोंक चल्दा देवकोटा झैं लाल–लाल ‘पागल’ हुन्छु र दाँत किट्छु । पुरुषबारे त पारिजातको अभिव्यक्ति सानैमा पढेकी थिएँ । ‘महिलाहरुले महिला मुक्तिको युद्ध पुरुषहरुसँग मिलेरै लड्नुपर्छ ।’

म एकजना पुरुषको अन्याय विरुद्ध पुरुष नेताहरुसँगै गुहार माग्न बाध्य छु । हामी महिला दोहोरो मारमा छौं । आमा थर्मस लिएर आउनु हुन्छ । स्वाँ …स्वाँ गर्नुहुन्छ । म आमाको अनुहारमा हेर्छु । चर्को स्वरमा भीमनिधि तिवारीको पंक्ति भट्याउन मन लाग्छ ।

‘खुकुरीको चोट कस्तो हुन्छ ?
अचानोलाई सोध
उत्पीडनको चोट कस्तो हुन्छ ?
आएर मसित सोध !’

२०७४ असार २६ गते पार्टी कमिटीकै बैठकमा मैले डिभोर्सपछि पनि ममाथि भइरहेको अन्यायको विरोधमा चिच्याएर प्रश्न राखें । तर, प्रमुख अतिथि त्यसबारे मौन रहनु भयो । अध्यक्ष कमरेडकै प्रेस संयोजक विरुद्ध मुख खोल्न ठूला क्रान्तिकारी नेताज्यूलाई पनि गाह्रै परेको अनुमान लगाएँ । म एउटा आँखाले हाँसे र एकैचोटि अर्को अँखाले रोएँ ।

कुन्ता दिदीले कुन पीडाको चोट्ले लेख्नु भयो होला, ‘पोथी बास्नु हुँदैन !’ धेरै साथीहरुले ‘हामी कस्तो पार्टीमा छौं हगि ?’ भनेका थिए । हो, हामी धेरै साथीहरु वैद्य वा विप्लव हुन सकेनौं । अहिले पनि प्रचण्डले गरेनन् गोपाल किराँतीले गर्छन् भन्ने लाग्दैन । आमा उहिल्यै ५÷६ वर्षकी मलाइ लिएर वन जाँदा गीत गाउनुहुन्थ्यो–

‘सुपारीलाई काटेर धुजाउँछु
आफंै रुन्छु, आफै मन बुझाउँछु ।’

गिलासको पानी पिएँ । धैर्य लिएँ । फेरि फोनको घन्टी बज्यो । अलि झिजो मानेरै ‘हेलो’ भनें । ‘मेडम, म यादवराज !’
म तुरुन्तै सुल्टिएँ ‘ए सर नमस्कार !’ ‘साहित्य शृंखला’ दर्ता गर्ने कुरा भयो । हजुर पनि कमिटीमा बस्नु हुन्थ्यो कि भनेर सोध्न खोजेको म्याडम !’
सामान्य जानकारी थियो । एकल्ट मात्र कार्यक्रममा गएर कविता वाचन गरेकी थिएँ । साथीहरु निम्तो गरिरहनु हुन्थ्यो । त्यहाँ पनि जुँगाको लडाइँ चल्ने गरेको सुनेकी छु । म संसार हल्लाउने भइसकेकी छैन, कोर्को मात्रै हल्लाउँछु । अब त छोरी पनि ७ वर्षकी भइ । दुख उसले आफैंले बुझेकी छे । बोर्डिङ स्कुल पढाएको पनि ठीकै लागेको छ ।

कुनै कवितामा उसलाई सिकाइएछ, ‘इफ यु आर कमिटेड टु युजिङ् दिस पेन, यु क्यान बिल्ड ओर क्यारेक्टर !’ सर–मेडमहरु लाई धन्यवाद छ । मलाई पूरै विश्वास छ, मेरी छोरीले यही ‘पेन’ को खाटा हेरेर मलाइ बुझ्छे र जिन्दगी सपार्छे । स्मृति मनको खाटा हो । हजुरआमाको आँसुले नातिनीको घाउ धोइँदा प्रशस्त खाटा बसेका छन् । म फोनमा आफूलाई केन्द्रित गर्छु ।

‘ठीकै छ नि सर, म त सहित्यमा बामे सर्दै हो, पत्याउनु हुन्छ भने बसौंला नि !’

मलाइ यादव सरको फोन क्रिस्मस डेको शुभकामना जस्तै लाग्यो । आँतमा थोरै बल पस्यो । लीला दिदी, विजया, लक्ष्मी, छन्दिका आदिलाई कार्यक्रममा देखेकी थिएँ । चिनापर्ची थियो । अग्रजहरु सम्मानित लाग्छन् । त्यहाँ ‘संगम सांगीतिक मञ्च’ को गीतहरु सुन्न पाइने रहेछ ।

‘युवाहरु हो देश तिम्रै हो
भविष्य तिम्रै हो …….!’

‘साहित्य शृंखला’ को १ सय ९२ औं शृंखलामा काजी गाउँलेहरुले गाएको कालजयी गीतको यो टुक्का मेरी छोरीले कण्ठ गरेकी छे । जतिखेर पनि यही गाउँछे । मेरी आमाको ओंठमा मुस्कान फुल्दैछ । बाल स्मृति बलियो हुन्छ । विश्व प्रसिद्ध संगीतकार मोजार्टले ५ वर्षको उमेरमा चर्चमा सुनेको लामो प्रार्थनालाई एकै पल्टमा कण्ठ गरेका थिए अरे ।

मेरी आमा मलाइ हजुरआमाको कथा सुनाउनु हुन्छ । हजुर आमाले दुलही भएर घर जाँदा जन्तीका ५० औं मान्छेका अगाडि आँगनमै पिसाब फेरिदिनु भयो अरे । हजुरआमा ५ वर्षकी हुनुहुन्थ्यो । मेरी आमाले यो कथा ५ चै वर्षकी हुँदा हजुरआमाको सासुको मुखबाट सुन्नु भाको । छोरीको अनुहारमा मोजार्ट, लता मंगेस्खर, खुसीराम दाइको विम्व देख्छु ।

श्रद्धेय दाइका धेरै गीत सुनियो, गाइयो–नाँचियो । नजिकबाट देख्न–भेट्न पाइनँ । पत्रिकाको ‘खुसीराम पाख्रिन विशेष’ कहिले छापिएला ? अहिले हतार लाग्छ ।

न्यायप्रियता नै खुसीराम दाइको ध्येय हो भन्ने लाग्छ । न्यूज अभियानका लागि समाधान दैनिकका साथमा ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan