Monday 16th of July | २०७५ असार ३२ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेरुडे लघुवित्तले १३ प्रतिशत बोनस शेयर दिने

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष ३० आइतबार |
newsabhiyan

पथरी, मोरङ, ३० पुस । नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७३÷०७४ मा करिब रु साढे नौ करोड मुनाफा आर्जन गरेको छ ।

अध्यक्ष भेषप्रसाद धमलाले आव २०७३-७४ मा बैंकले एक लाख नौ हजार ८१३ घर परिवारमा लघुवित्त सेवा पु¥याइ ७३ हजार ८११ ऋणी सदस्यलाई रु तीन अर्ब नौ करोड ऋण लगानी गरेको बताउनुभयो ।

उहाँले रु एक अर्ब १३ करोड बचत संकलन गरेको जानकारी दिनुभयो । बैंकले सम्पूर्ण शेयर धनीलाई आव २०७३-७४ को वितरणयोग्य मुनाफाबाट ७ दशमलव ६८ प्रतिशत नगद लाभांश र १३ प्रतिशत बोनस शेयर वितरण गर्ने जनाएको छ ।

बैंकका प्रबन्ध सञ्चालक मणिकुमार अज्र्यालले बैंकको चुक्ता पूँजी रु ३४ करोड ५७ लाख ८० हजार पुगेको बताउनुभयो । (रासस) 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan