Friday 27th of April | २०७५ बैशाख १४ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

युवा बिकास बहुउद्देश्यीय सहकारी संस्थाको दोस्रो बार्षिक साधारण सभा सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष ३० आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ३० पुुस । सहकारीको भिडमा छोटो समयममा नै आफनो बेग्लै पहिचान बनाउन सफल युवा बिकास बहुउद्देश्यीय सहकारी संस्थाले स्थापनाको दोस्रो बार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न गरेको छ  । स्थापनाको दोस्रो बर्षमै सहकारीले आफ्ना शेयर सदस्यलाई १५ प्रतिशत बोनस दिन सफल भएको छ ।

शनिबार राजधानीमा आयोजित दास्रो बार्षिक साधारण सभामा बोल्दै सहकारी हक हित राष्ट्रिय समाजका ऋषि राम ढकालले सहकारीका कार्यक्रम उत्पादनमुखी हुनुपर्नेमा जोड दिए ।

उनले सहकारीले सबै तहतप्काका नागरिकहरुको आर्थिक एवम् सामाजिक समृद्धिका लागि सहयोग गर्ने बताउँदै सहकारीको माध्यमबाट आम नागरिकको जीवनस्तरमा परिवर्तनगरी स्वाधीन अर्थतन्त्र निर्माणमा टेवा पु¥याएको बताए । ढकालले एक सहकारी एक सदस्यको निती अनुरुप अगाडी बढ्न अनुरोध गदै सहकारीले थोरै समयमा गरेको आर्थिक विकासको प्रशंसा गर्दै उन्नती र प्रगतिको लागि शुभकामना दिए ।

सहकारीका अध्यक्ष किसन राई (एलाईभ ग्लाईडर) को अध्यक्षतामा भएको साधारणसभामा अध्यक्ष र लेखा समितिको प्रतिबेदन प्रस्तुत गर्दै आर्थिक वर्ष ०७३/७४ मा संस्थाको तर्फबाट सम्पादित आर्थिक कारोवारको विवरण प्रस्तुत गरेका थिए ।

साधारण सभामा बोल्दै सहकारीका अध्यक्ष किसन राई (एलाईभ ग्लाईडर)ले आगामी वर्ष शेयर सदस्य वृद्धिका लागि विशेष कार्यक्रम ल्याउँने तयारी रहेको बताउदैै युवाहरुलाई रोजगारी सृजना गर्नमा सहकारी लागेको बताए ।

उनले सबैको साथ सहयोगबाट सहकारीले दुई बर्षमा ३५ करोड भन्दा बढीको कारोबार गर्न सफल भएको पनि बताए । उनले स्थापना कालदेखि देखीनै आफ्ना सदस्यहरुको आर्थिक विकासको लागि बिशेष कार्यक्रम संञ्चालन गदै आएको बताउँदै आजैबाट इन्टरनेट बैकिङ्ग सेवा शुरु गरेको जानकारी दिए ।

काठमाण्डौको न्युरोडमा रहेको युवा बिकास बहुउद्देश्यीय सहकारी संस्थाको साधारण सभाको अवसरमा बिभिन्न क्षेत्रमा रहेर उत्कृष्ट योगदान दिने कर्मचारीलाई सम्मान गरिएको थियो । उत्कृष्ठ कर्मचारीमा आस्मा बिष्ट लगायत ६ जनालाई सम्मान गरिएको थियो ।  सहकारीले सदस्यहरुलाई मोबाइल बैंकिङ रेमिटेन्स लगायतका सुविधा प्रदान गर्दै आएको छ ।

‘सुरक्षित बचत सुरक्षित लगानी उज्वल भबिश्य हाम्रो प्रतिवद्धता’ भन्ने मोटोलाई आत्मसाथ गरेको सो सहकारीका १५०० भन्दा बढी सदस्य रहेका छन् । बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म सदस्यलाई सेवा दिदै आएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan