Tuesday 17th of July | २०७५ श्रावण १ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पोखरा फाईनान्सको नौ करोड रुपैयाँ बराबरको हकप्रद आजबाट

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष ३० आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ३० पुुस । पोखरा फाईनान्सको नौ करोड ८३ लाख ६८ हजार दुुई सय ७४ रुपैयाँ बराबरको हकप्रद सेयरको बिक्री खुुल्ला भएको छ ।

फाईनान्सले पुंजी बृद्धिको लागि हाल कायम रहेको चुक्ता पुंजी ६५ करोड ५७ लाख ८८ हजार चार सय ९२ रुपैयाँ मध्येबाट एक एक बराबर शुन्य दसमलव १५ को अनुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहनेगरी नौ लाख ८३ हजार छ सय ८२ दसमलव ७४ कित्ता हकप्रद सेयरको बिक्री खुल्ला गरेको हो ।

बिक्री प्रर्वन्धक एनआईबिएल क्यापिटल मार्फत पुस ३० गतेबाट खुल्ला हुने हकप्रद सेयरको बिक्री कार्य माघ छ गतेसम्म कायम रहने छ ।

अधिकृत पुंजी ९४ करोड रुपैयाँ तथा जारी पुंजी ७५ करोड ७४ लाख ५६ हजार सात सय ६६ रुपैयाँ रहेको फाईनान्सको हकप्रद सेयरको बिक्री पश्चात भने चुक्ता पुंजी ७५ करोड ४१ लाख ५६ हजार सात सय ६६ रुपैयाँ पुुग्ने छ ।

फाईनान्सले चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड ४८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan