Friday 27th of April | २०७५ बैशाख १४ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुर्या लाईफ इन्स्योरेन्सद्धारा २८ करोड रुपैयाँ बराबरको हकप्रदको लागि आवेदन

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष ३० आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ३० पुस । सुर्या लाईफ इन्स्योरेन्सले कम्पनीले २८ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्र्डमा आवेदन दिएको छ ।

कम्पनीले चुक्ता पुंजी बृद्धिको लागि हाल कायम रहेको चुुक्ता पुंजीको १० बराबर चारको अनुपातमा एक सय रुपैयाँ अंंकित मुल्य कायम रहनेगरी २८ लाख ८७ हजार पाँच सय कित्ता हकप्रद सेयर निष्काशनको लागि बोर्डमा आवेदन दिएको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रर्वन्धककोरुपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा पाँच करोड २२ लाख रुपैयाँ खुुद मुनाफा आर्जन गरेको छ ।

हाल चुक्ता पुंजी ६५ करोड ६२ लाख रुपैयाँ रहेको कम्पनीको हकप्रद सेयरको बिक्री पश्चात भने चुक्ता पुंजी ९४ करोड ५० लाख रुपैयाँ रहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan