Friday 19th of January | २०७४ माघ ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

टान संयूक्त ल्होसार भव्य रुपमा मनाउन तयारी

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष ३० आइतबार
newsabhiyan
newsabhiyan

काठमाण्डौं । फेब्रुवरी ११ अर्थात् माघ २८ मा काठमाण्डौस्थित हायत होटलमा ' संयुक्त (ज्वाईन्ट) ल्होसार इभेन्ट' हुने भएको छ । टे«किङ्ग एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान) ले सो संयूक्त ल्होसार कार्यक्रम धेरै बर्ष अगाडीदेखि नै मनाउँदै आइरहेको छ ।

टान संयूक्त ल्होसार एक संयूक्त कार्यक्रम हो जसमा विभिन्न जातजाती जस्ता तामाङ , गुरुङ , शेर्पा, होल्मो लगायत आदि जातजातिहरुको विशेष चाड नँया वर्ष को रुपमा भव्यताका साथ मनाउन गइरहेको छ ।

यी जातजातीहरुले आफ्नो नँया वर्ष विभिन्न समयमा मनाउने भएतापनि, टानले हरेक वर्ष सो संयूक्त कार्यक्रम नेपाली कला संस्कृति र मौलिक चाडलाई जोगाइ राख्ने उद्देश्यका साथ विगत धेरै वर्ष देखि प्रत्येक वर्ष नेपाली पर्यटक क्षेत्रलाई समेटेर कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

यहि माघ २८ गते ( February 11, Sunday) मा मनाउन लागेको यस चाडमा नेपाली कला संस्कृतीमा तामाङ, गुरूङ, ह्योल्मो र शेर्पा जातिको संस्कृति, भेषभूषा, परम्परा झल्कने खानपान, पेय पदार्थ, नृत्य, संगीतसहितका बेजोड प्रस्तुतीहरू रहने छन् ।

टानको वार्षिक कार्यक्रम र स्थापना कालदेखिको नेपालमा बसोबास गर्दै आइरहेका विभिन्न जातजातीहरूको परम्परा र संस्कृतिलाई समग्र देशको निधिको रूपमा संरक्षण र प्रवर्दन गर्ने उद्देश्य अनुरूप शेर्पा, तामाङ, गुरूङ, ह्योल्मो लगायत आरु अन्य जातजातीहरुको संयुक्त कार्यक्रम आयोजना गर्ने साथै राष्ट्रिय कलाकारहरुको उपस्थिति पनि रहने टानले निधो गरेको छ । टानले यस्ता पर्वहरूलाई संस्कृति र पर्वको संरक्षण गर्दै एउटा छुट्टै आकर्षक पर्यटकीय उपजको रूपमा प्रवर्दन गर्न यस्ता खालका कार्यक्रमहरु को आयोजनालाई निरन्तरता दिँदै आएको छ ।

ल्होसार बिशेष गरी बुद्द धर्ममार्गी शेर्पा, गुरूङ, तामाङ, ह्योल्मो र अन्य जातिले मनाउने पर्व हो । मङगोलमूलका जातिहरूले धुमधामका साथ मनाउने यो पर्वले नेपालमा संस्कृति र पर्यटनको विकासमा महत्वपूर्ण योगदान पुर्याएको पाईन्छ ।

ऐतिहाँसिक पक्षलाई हेर्दा तिब्बतबाट भित्रिएको यो पर्व विभिन्न समुदायले विभिन्न समयमा मनाउने गरेका छन् ।

उक्त इभेन्टको संयोजक ऋतु ग्याम्दान हुन् भने सहसंयोजन रञ्जनराज भण्डारीले गर्दै हुनुहुन्छ र सदस्यहरूमा बाबुराम गुरुङ, सुकबहादुर तामाङ, पिके शेर्पा, गोपाल श्रेष्ठ ,जीबन ह्योल्मो,सुर्य बहादुर भेटवाल, पासाङ शेर्पा (छेल्हमु) र डोल्मा छिरिङ तामाङ शेर्पा रहेका छन् ।

ल्होसारलाई लक्षित गरी छुट्टै पत्रकार सम्मेलन पनि गरिने कुरा मेडिया तथा कम्युनिकेशन विभागका संयोजक गोपाल श्रेष्ठले जनाएका छन् ।
 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan