Tuesday 17th of July | २०७५ श्रावण १ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मिस्टर एण्ड मिस मोडल चितवन आयोजना हुँदै

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष ३० आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौँ, ३० पुस । चितवन जिल्लामा रहेर मोडलिङ क्षेत्रमा आउन चाहने अबिबाहित तथा बिबाहित महिला तथा पुरुषहरुको लागि मोडल सङस नेपाल प्रालिले मिस्टर एण्ड मिस मोडल चितवन २०१८ प्रतियोगिताको आयोजना गर्ने भएको छ l

यस सौन्दर्य प्रतियोगिताको लागि माघ ६ गते शनिबार होटल सुप्रिम चितवनमा पहिलो अडिशन गर्न लागिएको कुरा आयोजक सस्थाले जानकारी गराएको छ l

उक्त प्रतियोगिता बाट छनौट भएकाहरुलाई भबिष्यमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न प्रतिश्प्रधाहरुमा प्रतिनिधित्व गराउने उदेश्यले यस प्रतियोगिता गर्न लागिएको मोडल सङस नेपाल प्रालिका प्रबन्ध निर्देशक डेभिल सिंह राजपुत बताउछन् l

मोडल सङस नेपाल प्रालिले आयोजना गर्न लागेको यस सौन्दर्य प्रतियोगितामा भाग लिन  इच्छुक महिला तथा पुरुष प्रतियोगीहरुले सहभागिता जनाउन सक्नेछन् l

प्रतियोगितामा भाग लिनको लागि १६ बर्ष देखि ३० बर्ष सम्म र महिलाको उचाइ ४' ५" र पुरुष ५'५" भन्दा माथिका प्रतियोगीहरु  हुनु पर्नेछ l उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने  सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन् l

प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ l  जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् ।

प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास  सहित गतिविधीमा समेत सहभागि गराइने जानकारी आयोजक डेभिल सिंह राजपुतले गराए।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan