Friday 27th of April | २०७५ बैशाख १४ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पहिलो दिन नेप्से घट्दै, मध्यान्हसम्म आठ दसमलव ६४ अंकले गिरावट

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष ३० आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ३० पुस । साताको पहिलो कारोवार दिन आज आईतबार नेप्से घट्दै गएको छ । मध्यान्ह १२ बजेसम्म नेप्से आठ दसमलव ६४ अंकले घटिसकेको छ भने सेन्सिटिभ एक दसमलव आठ अंकले घटिसकेको छ ।

यसबिचमा कुुल ८६ वटा कम्पनीहरुको सात सय २३ वटा कारोवारमा एक लाख २० हजार आठ सय ६१ कित्ता सेयर खरिद बिक्री हुुंदा कारोवार रकम पाँच करोड ९३ लाख एक हजार चार सय ६२ रुपैयाँ पुुगेको छ ।

मध्यान्हसम्म नौ वटा समुहको कारोवार भएकोमा होटल समुहको सुचक सामान्य अंकले बढेर बाँणिज्य बैंक, बिकास बैंक, बीमा लगायतका समुहको सुचक घट्दै गएका छन् ।

यसबिचमा लक्ष्मी बैंकको प्रतिकित्ता सेयर मुल्य दुुई रुपैयाँ ३४ पैसाले बढेर दुुई सय ६२ रुपैयाँमा कारोवार भएको छ भने खानीखोला साईड्रो पावर कम्पनीको सेयर मुल्य चार रुपैयाँ ६० पैसाले घटेर एक सय ४५ रुपैयाँमा सेयर कारोवार भएको छ ।

फरवार्ड कम्युनिटी माईक्रो फाईनान्सको भने यसबिचमा चार सय ६० रुपैयाँ अन्तिम मुल्यमा ९७ लाख ४९ हजार तीन सय ७६ रुपैयाँको सेयर कारोवार भएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan