Wednesday 12th of December | २०७५ मङ्सिर २६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जनकपुर उद्योग संघको अध्यक्षमा साह

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष ३० आइतबार |
newsabhiyan

जनकपुरधाम, ३० पुस । जनकपुर उद्योग संघको अध्यक्षमा ललितकुमार साह एक हजार ५३९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी पवन ठाकुरले ४३५ मत प्राप्त गर्नुभएको छ ।

संघको वरिष्ठ उपाध्यक्षमा जितेन्द्रप्रसाद साह एक हजार १३३ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी विजय साहले ८४६ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपाध्यक्षमा सुरेन्द्रकुमार भण्डारी ९८९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वीमा विजय साहले ७०३ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै महिला उपाध्यक्षमा दीपिका राय निर्विरोध निर्वाचित हुनुभएको छ ।संघको महासचिवमा जितेन्द्रकुमार महासेठले ९५३ मत, सचिवमा विकास साहले ५९४ मत र कोषाध्यक्षमा अशोककुमार चौधरीले ९९६ मत, प्राप्त गरी विजयी हुनुभएको छ ।

महिला सदस्यमा आशाकुमारी यादव र एशोसिएटमा राजीवकुमार साह निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । (रासस) 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan