Tuesday 16th of January | २०७४ माघ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अवैध सामान सहित दुई पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष ३० आइतबार
newsabhiyan

मकवानपुर, ३० पुस । बिरगंज उपमहानगरपालिका–३ छप्कैया बस्ने २७ वर्षीय सुमन सर्राफ र भारत बिहार बेतिया जिल्ला भावल ग्रामपञ्चायत बस्ने १६ वर्षीय रोशनकुमार सोनीलाई चाँदी जस्तो देखिने वस्तुको २ वटा चारपाटे करीब ३ किलो ७५ ग्राम सहित शनिबार प्रहरीले पक्राउ गरेको  छ ।

काठमाडौँबाट बाराको सिमरातर्फ जाँदै गरेको बा.३६ प ३१७३ नम्बरको मोटरसाइकललाई हेटौडा उपमहानगरपालिका–१ चौकीटोलमा जाँच गर्ने क्रममा सर्राफ र पछाडि सवार सोनीले बोकेको झोलामा उक्त बस्तु फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan