Monday 15th of October | २०७५ असोज २९ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अत्याधिक चिसोको कारण चारको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष ३० आइतबार |
newsabhiyan

काठमाडौं,३० पुस । रौतहट : गढीमाई नगरपालिका–३ गमहरीया मुसहर टोल बस्ने ७२ वर्षीय असर्फी बैठाको अत्याधिक चिसोको कारण शनिबार मृत्यु भएको छ ।

यसैगरी रौतहटको दुर्गाभगवती गाँउपालिका–३ मत्सरी टोल बस्ने ७० वर्षीय गुगली राउत मेस्तरको अत्याधिक चिसोको कारण शनिबार मृत्यु भएको छ ।

सप्तरी : रुपनी गाँउपालिका–८ रायपुर बस्ने ओपिन पासवानको २ वर्षीया छोरा शिवम पासवान अत्याधिक चिसोको कारण बिरामी भएकाले सगरमाथा अञ्चल अस्पताल राजबिराज ल्याएकोमा उपचारको क्रममा शनिबार मृत्यु भएको छ ।

यसैगरी सप्तरीको कन्चनरुप नगरपालिका–३ बस्ने ६२ वर्षीया कलियादेवी सदाको अत्याधिक चिसोको कारण शनिबार मृत्यु भएको छ । यस सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan