Tuesday 16th of January | २०७४ माघ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सेक्सका लागि पुरस्कार र छुट्टी, गर्भवती बनाइदिए मालामाल !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष ३० आइतबार
newsabhiyan
newsabhiyan

सेक्सका लागि पुरस्कार र छुट्टी, गर्भवती बनाइदिए मालामाल ! यस्तै खबर छ रुसको । रुसको नाम बारम्बर चर्चामा आइरहन्छ ।  

१. रुसका कम्पनीमा सबै प्रेम जोडीलाई १२ सेप्टेम्बर सेक्स गर्नका लागि छुट्टी दिइने गरिएको छ । यसको वास्तिवक लक्ष्य भनेको त्यहाँको जनसङ्ख्या बढाउनु हो । त्यहाँको नियमका अनुसार यस मितिको ९ महिनामा कुनै जोडीले बच्चालाई जन्म दियो भने उपहार स्वरुप उनीहरुलाई नगद पुरस्कार र अन्य गिफ्टहरु पनि दिइन्छ ।

२. रुसमा बच्चाहरुसँग समलिङ्गी पुरुष तथा महिलाहरुका बारेमा कुरा गर्न निषेध गरिएको छ ।

३. रुसमा धनाढ्य व्यक्तिहरु ट्राफिकबाट बच्नका लागि एम्बुलेन्स ट्याक्सीको प्रयोग गर्ने गर्छन् ।

४. रुसको कूल जनसङ्ख्या १४ करोडभन्दा बढी रहेको छ जसमध्ये महिलाहरुको सङ्ख्या पुरुषहरुको भन्दा अत्याधिक बढी छ ।

५. रुसको मस्को भन्ने ठाउँमा विश्वका सबैभन्दा धेरै करोडपति बस्छन् । मस्कोको मेट्रोबाट हरेक दिन ७० देखि ८० लाख मानिसहरु यात्रा गर्ने गर्छन् । यहाँ भ्रमण गर्ने मानिसहरुको सङ्ख्या लन्डन र न्यूयोर्क भन्दा निकै धेरै छ ।

६. म्याक डोनालस्को सबैभन्दा ठूलो रेस्टुरेन्ट रुसमै छ जहाँ एकैसाथ सात सय मानिसहरु बसेर खान सक्छन् ।

७. एउटा अध्ययनले देखाएअनुसार वर्षभरिमा एकजना रुसीले ४.८ ग्यालिन सम्म रक्सी पिउने गर्छन् । चिकित्सकहरुले भने यसको आधा भागले समेत मानिसको स्वास्थ्यमा गम्भीर असर पार्ने बताएका छन् ।

८. सन् १८६७ मा रुसले ७२ लाखमा अलस्का अमेरिकालाइ बेचिदिएको थियो ।

९. रुसमा हरेक वर्ष अनौठो प्रकारका इभेन्टहरु आयोजना गरिन्छ जसको नाम बबल बाबा च्यालेन्ज हो । यस च्यालेन्जमा मानिसहरु वुओस्का नदीमा सेक्स डलसँग पौडी खेल्ने गर्छन् । एजेन्सी


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan