Saturday 20th of October | २०७५ कार्तिक ३ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हाइड्रोमा नक्कली बिलमार्फत लाखौं रुपैयाँ भ्रष्टाचार

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष ३० आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ३० पुस । नेसनल हाइड्रोपावर कम्पनीका सञ्चालकहरुले लोअर इर्खाखोला हाइड्रोपावर कम्पनीका नाममा भुक्तानी देखाएर होटलको नक्कली बिलमार्फत लाखौं रुपैयाँ भ्रष्टाचार गरेको समाचार छ ।

समाचारका अनुसार हाइड्रापावर कम्पनीका अध्यक्ष कुमार पाण्डे र सोही कम्पनीका सञ्चालक विश्वश्वर सुवेदीले इर्खाखोलाको नाममा होटल हिमालयको नाममा नक्कली बिल बनाएर लाखौं रकम भ्रष्टाचार गरेका हुन् ।

लोअर इर्खा हाइड्रोपावर कम्पनी, नेसनल हाइड्रोपावर कम्पनीकै बहुसंख्यक सञ्चालकहरुको कम्पनी भएको र ती कम्पनीका सञ्चालकहरुको नेसनल हाइड्रोको नाममा भएको खर्चलाई लोअर इर्खाको नाममा नक्कली बिल बनाएर खाने गरेका हुन् ।

नेसनल हाइड्रोमा गरिएको भ्रष्टाचारको रकमबाट सोही कम्पनीका व्यक्तिहरुले लोअर इर्खा हाइड्रोपावर कम्पनी खोलेका हुन्, छलफलमा उल्लेख छ ।

यसैबीच लोअर इर्खा हाइड्रोपावर कम्पनीले हालै विशेष साधारणसभा गरी नेसनल हाइड्रोपावर कम्पनीलाई ६६ प्रतिशत सेयर बेच्ने प्र्रस्ताव पारित गरेको थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan