Tuesday 17th of July | २०७५ श्रावण १ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जीप दुर्घटना हुँदा गाउँपालिकाका अध्यक्ष कटुवालसहित ५ को मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष ३० आइतबार |
newsabhiyan

संखुवासभा, ३० पुस । संखुवासभाको भोटखोला गाउँपालिका ३ सामाटारमा जीप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवाल सहित ५ जनाको मृत्यु भएको छ ।

सदरमुकाम खाँदबारीबाट पुनर्निर्माण प्राधिकरणका कर्मचारी बोकेर भोटखोला गाउँपालिकाको हटियामा पर्ने दोभान जाँदै गरेको जीप सामाटारमा दुर्घटना भएको प्रमुख जिल्ला अधिकारीले बताएका छन्  ।

दुर्घटनामा पाथीभरा हेदांनाका सुरेश राईको मृत्यु भएको छ । अन्यको सनाखत हुन बाँकी छ । घटनास्थल सदरमुकाम खाँदबारीबाट कम्तिमा ७० किलोमिटर उत्तरमा पर्छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan