Friday 19th of January | २०७४ माघ ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेप्से पहिलो दिन नै ऋणात्मक, सुचक तथा कारोवार रकम दुुबै घटे (तालिका सहित)

कसले कमायो–कसले गुमायो ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष ३० आइतबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ३० पुस । साताको पहिलो कारोवार दिन आईतबार नै नेप्से ऋणात्मक देखिएको छ । नेप्से आज नौ दसमलव १९ अंकले घटेर १४ सय ३१ दसमलव १० अंकमा पुुगेको छ भने सेन्सिटिभ एक दसमलव ४८ अंकले घटेर तीन सय दुुई दसमलव २० अंकमा पुुगेको छ ।

नेप्सेमा आज सबैगरी कुुल एक सय ५२  कम्पनीहरुको चार हजार २२ वटा कारोवारमा छ लाख ७० हजार छ सय ४५ कित्ता सेयर किनबेच हुुंदा कारोवार रकम ३२ करोड ८३ लाख ३२ हजार आठ सय १६ रुपैयाँ पुुगेको छ ।नेप्सेमा आज नौ वटा समुहको कारोवार भएकोमा सात वटा समुहको सुचक घटेर दुुई वटाको बढेको छ ।

बाँणिज्य बैंक समुहको सुचक आठ दसमलव आठ अंकले घटेर १२ सय ३६ दसमलव १५ अंकमा कायम रहेकोमा ११ करोड ८८ लाख ५५ हजार रुपैयाँको कारोवार भएको छ । बिकास बैंक समुहको सुचक २० दसमलव ७९ अंकले घटेर १५ सय ९४ दसमलव तीन अंकमा कायम रहेकोमा एक करोड ४० लाख ७८ हजार पाँच सय रुपैयाँको कारोवार भएको छ ।

फाईनान्स समुहको सुचक नौ दसमलव ७६ अंकले घटेर सात सय २५ दसमलव ९८ अंकमा कायम रहेकोमा ५७ लाख ९९ हजार ६० रुपैयाँको सेयर कारोवार भएको छ । बीमा समुहको सुचक पनि आज ९७ दसमलव ७९ अंकले घटेर सात हजार तीन सय ५९ दसमलव ८४ अंकमा कायम रहेकोमा छ करोड दुुई लाख ८४ हजार रुपैयाँको कारोवार भएको छ । होटल, फाईनान्स, उत्पादनमुुलक, र लघुबित्त समुहको सुचक पनि आज उच्च अंकले घटेको छ । जलबिद्युुत र अन्य समुहको सुचक भने आज सामान्य अंकले बढेको छ ।

आज बढी कमाउने कम्पनीको सुचीमा चिलिमे हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा सेन्ट्रल फाईनान्स परेको छ । रकम कारोवारका आधारमा भने आज फरवार्ड कम्युनिटी माईक्रो फाईनान्स बित्तीय संस्था अग्रस्थानमा परेको छ ।

बढी कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम  कारोवार भएको मुल्य  बढेको मुल्य
१  चिलिमे हाईड्रोे पावर कम्पनी     ९५४ ६.९५
बुटवल पावर कम्पनी    ७११  ५.०२
कन्काई बिकास बैंक      १६६ २.४७
लक्ष्मी बैंक       २६२ २.३४
 कुुवेर मर्चेन्ट फाईनान्स     २०६  १.९८

बढी गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 

क्रस कम्पनीको नाम   कारोवार भएको मुल्य घटेको मुल्य
सेन्ट्रल फाईनान्स      १३४  ६.२९
२  श्री इन्भेष्टमेन्ट फाईनान्स     २४०  ६.२५
३  जेविल्स फाईनान्स    १७२    ४.९७
नेशनल माईक्रो फाईनान्स      २२५८ ४.२१
५  महालक्ष्मी बिकास बैंक       १८२ ४.२१

बढी रकम कारोवार गर्ने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको रकम  अन्तिम मुल्य
 १ फरवार्ड माईक्रो फाईनान्स   १९३८५९९५  ३३८१
नेपाल लाईफ इन्स्योरेन्स   १५२४०९९५ १७८६
३  सानिमामाई हाईड्रो पावर कम्पनी  १४२८५१६६  ४५१
स्टान्र्डड चार्टड बैंक    १३५५१४६८ १०३८
एभरेष्ट इन्स्योरेन्स   १३०३७६११  १९१०

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan