Tuesday 19th of June | २०७५ असार ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रधानसेनापतिको दाउ पनि कमिशन नै हो ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष ३० आइतबार |
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, ३० पुस । खरिद र निर्माण विभाग सोझै प्रधानसेनापति अन्तर्गत छ र उनका मान्छेहरु ठेकेदारसँग मिलोमतो गरेर कमाइरहेका छन् । जब कमाई हुन्छ भने यसमा प्रधानसेनापतिको मेजर भाग हुनु स्वभाविक हो ।

कुनै बेला कालोसूचीमा परेको ठेकेदार पिताम्बर मुन्कालाई सम्भाररथी विभागको छायाँ जर्नेल भन्दा हुन्छ । उनले जे भन्यो, सम्भाररथी विभागले त्यही निर्णय गर्छ र सकल दर्जाका जुत्ता, मोजादेखि चुस्तासम्म यसैले सप्लाई गर्छ । यही विभागमा दीपक भारतीलाई लगेर प्रधानसेनापतिले कमाउने राम्रो अवसर बनाएका छन् ।

पछिल्लो समय २० करोडको ज्याकेट टेन्डर कालो सूचीका मुन्कालाई दिएर १ करोडको छेलोखेलो गरिएको छ ।
पुस १५ मा सेटिङ टेन्डर गरेर ५२ हजार ज्याकेटको चलखेल भएको हो ।

यो त सानो डिल हो, यस्ता ठूला ठूलो डिलमा पनि प्रधानसेनापतिकै भित्री निकासा भइरहने गर्दछ । जंगी अड्डाका अर्का खेलाडी ठेकेदार छन् श्रवण अग्रवाल । यिनले पनि जंगीअड्डाबाटै वर्षको करोडौं हातपार्ने गरेका छन् ।

१ करोड कमिशन दिदा पनि ५२ हजार ज्याकेट काण्डमा ठेकेदारले ७ करोड कमाई हुन्छ भनेर निकटस्थहरुसँग बताएपछि सेनाभित्र कुन डिग्रीमा भ्रष्टाचार हुने रहेछ ?


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan