Saturday 20th of October | २०७५ कार्तिक ३ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाल इन्भेष्टमेन्ट बैंकको १० प्रतिशतसम्म क्यास व्याक योजना

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष ३० आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ३० पुुस । नेपाल इन्भेष्टमेन्ट बैंकले १० प्रतिशतसम्म क्यास व्याक (नगद फिर्ता) योजना सार्वजनिक गरेको छ ।

बैंकले कार्ड लोयल्टी प्रोग्रामको रुपमा नेपाल इन्भेष्टमेण्ट बैंक तथा यस बैंकका भिसा कार्ड संजालसँग आवद्ध रहेका बैंकहरुले संयुक्तरुपमा अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरी आफ्नो भिसा कार्डका ग्राहकहरुले हरेक सामान-सुविधाखरिद गर्दा  भिसा डेविट वाक्रेडिट कार्डमार्फत भुक्तानी गर्दा आफ्नो खातामा क्यास (नगद) फिर्ता हुने योजना ल्याएका छन् ।

कुनै पनि बस्तु तथा सेवाको उपभोग वाखरिदको बदलामा नगदको सट्टामा कार्ड मार्फत भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्ेश्यले बैंकहरुको पहलमा नेपालमा यस प्रकारको योजना थालिएको जानकारी दिएको छ ।

नेपाली समाजमा नगद बिना नै कारोबार गर्न सकिने र ग्राहकहरुमा भिसा डेबिट-क्रेडिट कार्डको प्रयोगलाई प्रोत्साहन दिने अनि कार्ड प्रयोग गरी भुक्तानी गर्दा ग्राहकको खातामा सिधै नगद फिर्ता हुने विशेष प्रकारको योजना सार्बजनिक गरिएको हो ।

कार्डबाहक जसले बस्तु तथा सेवा खरिदमा भिसा डेबिट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दछन् उनीहरुले आफ्नो खातामा नगद फिर्ता प्राप्त गर्ने छन् । यस योजनामा सहभागी हुन ग्राहकले न्युुनतम पाँच सय रुपैयाँको कारोवार गर्नुुपर्ने छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र यस बैंकसँग आवद्ध बैंकहरुसँग सहकार्य गरी क्यास व्याक लोयल्टी योजनामा सहभागी हुन पाएकोमा भिसाले हार्दिक आभार प्रकट गरेको छ ।

योजनाबाट सेन्चुरी बैंक ग्लोबल आइएमई बैंक, कुमारी बैंक, महालक्ष्मी विकास बैंक,  मेगा बैंक नेपाल मुक्तिनाथविकास बैंक एनसिसि बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक  सानिमा बैंक र टुरिजम डेभलपमेन्ट बैंक भिसा कार्ड प्रयोगकर्ताहरु लाभान्वितहुने छन् । साथै यस किसिमको योजनाबाट ग्राहक बर्गहरु थप लाभान्वित हुने र कारोवार पनि सुरक्षित हुने बैंकहरु विस्वस्त छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan