Tuesday 18th of September | २०७५ असोज २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ओलीको रहस्यमय भ्रमण !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष ३० आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ३० पुस । प्रधानमन्त्री बन्ने तयारीमा रहेका भनिएका नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली स्वास्थ्यमा खासै समस्या नभएको भन्दै बुधबार बैंककतिर हान्निएका छन् । स्वास्थ्योपचारलाई बहाना बनाएका ओलीको यो भ्रमण रहस्यमय बनेको छ ।

नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक गएको भनिएकोमा उनले नै पत्रकारहरुसँंग खास स्वास्थ्य समस्या केही नभएको बताएको अवस्थामा बैंकक हान्निनुमा उनको भ्रमणको विषयलाई रहस्यमय रुपमा हेर्न थालिएको छ ।

पछिल्लो समयमा नेपालका राजनीतिज्ञ विभिन्न बहानामा बैंककमा जाने तथा त्यहाँ विदेशीहरुसँग भेटघाट गरी नेपालको राजनीतिलाई तताउने गर्ने गरेकाले पनि अहिले आएर बैंकक यात्रालाई नेपालको आन्तरिक राजनीतिमाथिको षड्यन्त्रको रुपमा हेर्ने गरिएको अवस्थामा ओलीले नेपालमा आफ्नो उपस्थितिलाई बढाउनुपर्ने अवस्थामा बैंकक पुगेको अवस्था छ । ओलीको रहस्यमय भ्रमण ! भन्दै अनेक टिकाटिप्पणी चलेकाछन् ।

ओली निकटको समाचार स्रोतका अनुसार यसपटकको बैंकक यात्रामा स्वास्थ्य परीक्षणभन्दा पनि सत्ता परीक्षण विशेष प्राथमिकतामा रहन पुगेको हो । उनले बैंकक भ्रमणका दौरान भोलिका दिनमा आफूले सत्तासंचालन गर्दा कुनै असहज नहोस् भन्नका लागि विभिन्न अन्तर्राष्ट्रिय शक्तिहरुसँंग भेट गर्ने कार्यक्रम ओलीको रहेको स्रोतको दाबी छ ।

ओलीले ती शक्तिकेन्द्रहरुसँग सरसल्लाहका लागि आफ्ना दूतहरु परिचालन गरेको अवस्थामा उनीहरुले ओलीसँगै प्रत्यक्ष वार्ता गर्न चाहेकाले पनि ओलीले सत्तासंचालनका विषयमा उनीहरुसँग बस्नका लागि यस पटकको बैंकक यात्रा थालेका पनि स्रोतको दाबी छ ।

नेपालमा सत्ता चलाउन जनताको मतलाई भन्दा पनि विदेशी शक्तिको भर पर्ने गरेको यथार्थलाई पुष्टी गर्न ओली बैंकक हान्निएका पनि बताइएको छ । हालको अवस्थामा बहुमत प्राप्त वाम गठबन्धन भए पनि ओलीले नेपाली जनमतलाई भन्दा पनि विदेशी केन्द्रलाई प्राथमिकतामा राखी बैंकक यात्रा रोजेको स्रोतको दाबी छ ।

ओली नेपालमा रहँदा नेकपा (माओवादी केन्द्र) ले सरकार गठनपूर्व नै पार्टीहरुका बीचमा एकीकरण गर्नुपर्ने अडान राख्दै आएको अवस्था छ । त्यस्तो अवस्थामा माओवादी केन्द्रसँग पार्टी एकता गर्नु ठीक वा बेठीक भन्ने विषयमा पनि ओली स्पष्ट हुन नसकेको अवस्था रहेको जानकारी स्रोतले दिंदै भन्यो, ‘अहिलेको अवस्थामा माओवादीसँग एकीकरण गर्दा एमालेभित्रका अन्य गुटहरु पनि माओवादीको नयाँ गुटलाई साथमा लिने अवस्था आएका खण्डमा आफू र आफ्नो गुट कमजोर हुने बुझाइमा रहेका ओलीका लागि भरपर्दो सल्लाहको जरुरी रहेको अवस्था छ । त्यस्तो अवस्थामा ओलीले ती शक्तिकेन्द्रहरुसँग पनि छलफल गरेर मात्र टुंगोमा पुग्नका लागि बैंककको यात्रा गरेका हुन् ।’

पछिल्लो समयमा ओलीले आफूलाई एकमात्र राष्ट्रवादी भनी भ्रम फैलाउने गरेको हालको अवस्थामा पनि उनलाई विदेशीले नचाउने खतरा उत्तिकै रहेको स्रोतको अनुमान छ । यसअघि महाकाली सन्धिका समयमा ओली भारतीय पक्षसँग लम्पसार परेको तथा सोही कारण एमालेमा विभाजन आई त्यो समयमा वामदेव गौतम र सी.पी. मैनालीको नेतृत्वमा नेकपा (माले) पुनस्र्थापित भएको अवस्था थियो ।

त्यसरी विदेशीको इरासामा नाचिसकेका भन्ने आरोप खेप्दै आएका ओलीलाई अहिले पनि बैंककमा विदेशी शक्तिकेन्द्रहरुले नचाउने सम्भावना उत्तिकै रहेको स्रोतको ठम्याइ छ । ओली आफ्नो अनुकूल चल्न तयार रहेको अवस्थामा मात्र उनका लागि सत्ताको मार्ग प्रशस्त गरिदिने सोचका साथ शक्तिकेन्द्रहरुले ओलीको धारणा बुझ्नका लागि बैंककलाई रोजेको स्रोतले दाबी गरेको, नयाँ विमर्शमा उल्लेख छ ।

यसअघि पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि विभिन्न बहानामा बैंककको भ्रमण गरी विभिन्न शक्तिकेन्द्रहरुको साथमा रही नेपालमा आई उनीहरुको इसारा अनुसार कार्य गर्ने गरेको आरोप लाग्दै आएको हो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan