Tuesday 16th of January | २०७४ माघ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

देउवाको काँधमा गोपाल पराजुली : सतीदेवी जस्तै !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष ३० आइतबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, ३० पुस । भारतमा चार न्यायाधीशले के विद्रोह गरे, त्यहाँका प्रधानन्यायाधीश नैतिक संकटमा फसेका छन् । नेपालमा पनि त्यो दिन नआउला भन्न सकिन्न भन्छन् एक सर्वोच्चका न्यायाधीश ।

डा.गोविन्द केसीको मुद्दामा प्रधानन्यायाधीशको योग्यता, नागरिकता, न्यायपरिषदको निर्णयसमेत मागिएपछि प्रधानन्यायाधीशको जिम्मेवारीबाट अलग बस्न गोपाल पराजुलीमाथि ठूलै नैतिक र सार्वजनिक दबाब बढेको छ ।

मैले सबैलाई योग्यताको प्रभाणपत्र देखाउँदै हिड्ने होइन, संसदीय समितिले हेरिसकेको छ भनेर उनी काममा नै छन् । उनीमाथि अधिवक्ताहरुले बेञ्चमा नबस्न चेतावनी दिइसकेका छन् ।

सर्वोच्च भित्र ठूलै नैतिक संकट खडा भएको छ । अव के हुन्छ, यसै भन्न सकिन्न । ठूलो प्लस प्वाइन्ट भनेको आफ्नो प्रशंसक प्रधानमन्त्री शेरबहादुर देउवा छन् भन्ने यिनको आत्मतुष्टी मात्र बाँकी छ ।

चुनाव हारेर लाजमर्नु बनेका देउवाले गोपाल पराजुलीलाई सतीदेवी काँधमा हालेर महादेव हिडेजस्तो कति दिन हिडिरहन सक्लान् र ? यस्तो पो चर्चा चलेछ न्याय, राजनीतिक र बौद्धिक क्षेत्रमा ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan