Tuesday 16th of January | २०७४ माघ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कार्कीलाई एमबीबीएस पढ्न पकिस्तान सरकारको छात्रवृत्ति

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष ३० आइतबार
newsabhiyan
newsabhiyan

काठमाडौँ, ३० पुस  । बाफलस्थित ग्रिनफिल्ड कलेजबाट कक्षा १२ उत्तीर्ण प्रवेश कार्की एमबीबीएस अध्ययनका लागि पाकिस्तान सरकारको छात्रवृत्ति कोटामा छनोट भएका छन् । उनीग्रिनफिल्ड स्कुलमाकक्षा १२ मा विज्ञान संकायमा ८३ प्रतिशतअंकसहितकलेज प्रथमभएकाथिए ।

बाग्लुङ्ग घर भएकाकार्की लगनशीलर अनुशासित छात्र हुन् ।उनले २०६८ को एसएलसी  परीक्षामा विद्यालयको इतिहासमा सबैभन्दा उत्कृष्ट ९१.५ प्रतिशत अंकल्याएका थिए । दुर्गममा जन्मिएर पनि मेडिकल साइन्स पढ्न पाएकोमा कार्कीले खुशी व्यक्त गरे ।“पढाइ सकेपछि सिधै नेपाल आएर देशसेवागर्ने मेरो प्रतिज्ञा छ ।”उनले भने ।

कार्कीलाई बधाई दिनग्रिन फिल्ड एजुकेसन फाउण्डेसनले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले प्रतिभा सबैमा भएपनि प्रस्फुटन गर्ने कुरा व्यक्तिमा निर्भर हुने बताए । कलेजका प्रिन्सिपल खडक बस्नेतले निरन्तर परिश्रम र लगन नै सफलताको आधार भएको बताए ।

कार्यक्रममा स्वागत मन्तव्य गर्दै कलेजकानिर्देशकअर्जुन पाठकले कलेज प्रतिभा उत्पादन गर्ने थलो भएको र यो कुरालाई कार्कीको सफलताले प्रमाणित गरेको धारणा राखे ।

फाउण्डेसनका अध्यक्ष शेर बहादुर थापाको अध्यक्षतामा सम्पन्नकार्यक्रममा नागार्जुन ४ का वडाध्यक्ष करुण कुमार बलामी र रिङ्गरोड सफाइअभियन्ता तारा बहादुर कुँवरले बधाइ तथा शुभकामना दिएका थिए । कार्यक्रम सञ्चालन खिबराज शर्माले गरेका थिए ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan