Wednesday 17th of January | २०७४ माघ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

टाइम्सलाई केब्स फुटबल उपाधि

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष ३० आइतबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ३०  पुस  । टाइम्स कलेजले प्रथम केब्स कप अन्तरकलेज छात्र सिक्स ए साइड फुटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।

कुमारी एकेडेमी ९केब्स० को आयोजनामा चावहिलको गणेशथानमा भएको फाइनलमा टाइम्सले जेम्सलाई १–० गोलले पराजित ग¥यो । अनिश कार्कीले निर्णायक गोल गरे । प्रतियोगिताभर ४ गोल गरेका अनिश उत्कृष्ट स्ट्राइकर पनि घोषित भए । उपाधिसंगै टाइम्सले २५ हजार नगद पुरस्कार हात पा¥यो भने जेम्सले १५ हजार नगदमा चित्त बुझायो ।

अन्य विधागत उत्कृष्टको गोलरक्षकमा टाइम्सका सन्तोष महत, डिफेन्समा आईडियलका सागर तामाङ र मिडफिल्डमा जेम्सका भुपेन राजकोटी उत्कृष्ट चुनिए ।

तेश्रो स्थानका लागि भएको खेलमा आईडियलले विट्स एकेडेमीलाई ३–१ गोलले हरायो । विजयी टिमका लागि सागर थापा, उजेन शेर्पा र अमित लामाले गोल गरे । विट्सका केल्साङ लामाले सान्त्वना गोल गरे ।
विजेतालाई गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, केब्सका प्रिन्सिपल मनोजप्रसाद भट्टराईलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पाँचदिने प्रतियोगितामा १६ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक शम्भु कार्कीले जनाएका छन् ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan