Tuesday 17th of July | २०७५ श्रावण १ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रिय हक्की भोलिदेखि

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष ३० आइतबार |
newsabhiyan

काठमाडौं,३० पुस । राखेप च्याम्पियनसिप अन्तर्गत १७ औं पुरुष तथा दोश्रो महिला राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि हेटौंडाको वन विज्ञान अध्ययन संस्थानमा सुरु हुँदैछ ।

पुरुषमा पाँच विकास क्षेत्र र नेपाल आर्मीसहित ६ टिमको सहभागिता रहने नेपाल हक्की संघका सदस्य एवं प्रतियोगिता संयोजक राजेन्द्र पाठकले जनाएका छन् । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइनेछ ।

महिलामा मध्यपश्चिमाञ्चलबाहेक ४ विकास क्षेत्र र आर्मी गरी ५ टिमले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । लिगमा शीर्ष स्थान हात पार्ने टिमलाई विजेता घोषणा गरिने छ ।

पुरुषमा आर्मी र महिलामा सुदूरपश्चिमाञ्चल डिफेन्डिङ च्याम्पियन हुन् । फाइनल माघ ६ गते हुनेछ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan