Friday 19th of January | २०७४ माघ ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पेरूमा ७.३ म्याग्निच्युडको भुकम्पपछि सुनामीको चेतावनी

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष ३० आइतबार
newsabhiyan

लिमा, पेरू, ३० पुस । पेरुको सामुद्रिक क्षेत्रमा आइतबार विहान ७.३ म्याग्निच्युडको भुकम्प गएको अमेरिकी भूगर्भ विभाग (यूएसजिएस)ले जनाएको छ ।

भूकम्पपछि पेरुका केही भाग तथा छिमेकी राष्ट्र चिलीमा सुनामी आउनसक्ने भनी चेतावनी दिइएको भएपनि केही समयपछि उक्त चेतावनीलाई खारेज गरिएको छ ।

अमेरिकी भूगर्भ विभागले पेरूमा आज गएको भूकम्पको प्रारम्भिक धक्का ७.३ म्याग्निच्युड भएको जानकारी गराइएको छ । समाचार तयार पार्ने वेलासम्म भूकम्पका कारण कोही घाइते भएको जानकारी प्राप्त भएको छैन ।

भूकम्पको केन्द्रविन्दु पेरुको अकारीबाट ४२ किलोमिटर दक्षिणपश्चिममा समुद्रको १२.१ किलोमिटर गहिराइमा रहेको विभागले जनाएको छ ।

अमेरिकी–प्यासिफिक सुनामी सतर्कता केन्द्रले भूकम्प लगत्तै पेरु र चिलीका केही भागमा सुनामीका छाल आउनसक्ने चेतावनी दिएको थियो ।

तर उक्त केन्द्रले केही समयपछि पुनः विज्ञप्ति जारी गरी भूकम्पका कारण सुनामीको खतरा नदेखिएको जानकारी गराएको छ । (रासस/एपी)


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan