Tuesday 17th of July | २०७५ श्रावण १ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेता खनाललाई मातृशोक, काँग्रेसद्वारा दुःख व्यक्त

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष ३० आइतबार |
newsabhiyan

काठमाडौँ, ३० पुस ।नेपाली काँग्रेसका नेता एवं पूर्वसांसद राजु खनाललाई मातृशोक परेको छ ।

दाङ घोराही निवासी पूर्वसांसद खनालका माता दुर्गादेवी खनालको गएराति ८१ वर्षको उमेरमा काठमाडौँको मेडिकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उहाँ मधुमेह र मिर्गौला रोगबाट पीडित हुनुहुन्थ्यो । स्वर्गीय खनालले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

स्वर्गीय खनालको निधनमा नेपाली काँग्रेसले दुःख व्यक्त गरेको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ । स्वर्गीय खनालका दुई छोरा र दुई छोरी हुनुहुन्छ । रासस


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan