Saturday 17th of November | २०७५ मङ्सिर १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

यसरी भत्कियो नायिका अस्मिता र गोपालको सँगै जिउँने मर्ने सपना ? (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ २ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । आफुलाई अत्यन्तै माया गर्ने जोडी नायिका अस्मिता बस्नेत मोडल गोपाल ज्ञवालीको सँगै जिउँने मर्ने सपनामा तुषारपात लागेको छ ।

एकले अर्कालाई धेरै माया गर्ने समर्पित जोडी अस्मिता बस्नेत र गोपाल ज्ञवलीको मायामा अचानक तगारो लागेको छ अनि सपना भत्किएको छ ।

यो सबै वास्तविकता नभई हालै सार्वजनिक भएको गीति भिडियोको कथा हो । पुर्बेली जुनतारा म्युजिक प्रा.लि.को प्रस्तुतिमा सपना त एउटै थियो बोलको मार्मिक गीतको भिडियो सार्वजनिक भएको छ ।

सन्तोष जर्घा मगरको शब्दमा प्रियजन राईको स्वर सजिएको उक्त गीतमा प्रियजन राई र टिका पुनको स्वर रहेको छ ।

अस्मिता र गोपालका अलावा मनिल र उमाको समेत अभिनय रहेको भिडियोको छायाँकन जनकराज अधिकारीले गरेका छन् भने निर्देशन तथा सम्पादन तुलसी बाँस्कोटाको रहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan