Wednesday 21st of February | २०७४ फाल्गुण ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गोपालमान ट्वाँ ! कसो रामचन्द्र ? देउवा हैरान ! देख्नेलाई लाज !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ २ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २ माघ ।  गोपालमान ट्वाँ ! सुदूरपश्चिमाञ्चल विश्व विद्यालयको दीक्षान्त समारोहमा भाग लिन धनगढी पुगेका शेरबहादुर देउवालाई अहिलेसम्म राजीनामा किन नदिएको भनेर धनगढीका पत्रकारले गत शुक्रबार एयरपोर्टमै र्याखर्याख्ती पारे ।

पत्रकारको कुरो सुनेर देउवा एक क्षण अकमकिए । त्यसैबीच एक अर्का पत्रकारले थपे–कि एमालेबिनाको सरकार पनि बन्न सक्छ ? यो प्रश्न सुनेर देउवाले हाँस्दै भने–यो नेपाल हो यहाँ जे पनि हुन सक्छ । तर यो विषयमा अहिले म बोल्दिनँ । देउवाको उत्तर सुनेर उनीसँगै बसेका शिक्षमन्त्री गोपालमान श्रेष्ठ भने ट्वाँ परे ।

कसो रामचन्द्र ?
यो अजब नेपालमा गजब गजबको कुरो हुन्छ । डा.गोविन्द केसीलाई रातारात प्रहरीले पक्राउ गरेर थुन्यो । यो देशका प्रधानमन्त्री स्वयं गृह मन्त्रालय सम्हालेर बसेका छन् । उनले भोलिपल्ट भने–गोविन्द केसीलाई पक्रेको कुरा मलाई थाहा छैन ।

पर्सिपल्ट त्यही पार्टीका गगन थापा डा.केसीको रिहाई माग गर्दै सडक आन्दोलनमा उत्रिए । गोविन्द केसी पक्राउ परेको कुरो गृहमन्त्रीलाई थाहा नहुनु, त्यही पार्टीका सांसद आन्दोलनमा उत्रनु के गाईजात्रा हो, कांग्रेसको ? यसरी त न पार्टी चल्छ, न त सरकार नै कसो, रामचन्द्र पौडेलज्यू ? बोल्नु पर्यो नि ।

देउवा हैरान !
मधेसका लागि लडेको दाबी गर्ने मधेसवादी नेताहरु प्रदेश प्रमुखमा आफ्ना  नातागोता नियुक्त गर्न हानथाप गरेको घटनाले मधेसी जनता लज्जित भएका छन् । राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरले फोन गरेर देउवालाई प्रदेश नं. २ को प्रमुखमा आफ्ना सम्धी उमाकान्त झालाई नियुक्त गर्न दबाब दिइरहेका छन् तर त्यही पार्टीका अर्धा नेता उपेन्द्र यादवले भने रत्नेश्वरलाल कायस्थलाई प्रदेश प्रमुख बनाउन दबाब दिइरहेका छन् ।

मधेसीको यस्तो ताल देखेर देउवा हैरान भएका छन् । देउवा निकटहरुले भने राजपाले भने जस्तो होइन, विमलेन्द्र निधिले भनेको मानिसलाई प्रदेश प्रमुख बनाउनु पर्छ भनिरहेका छन् । कांग्रेसभित्रको यस्तो चाल देखेर हिजोआज बालकृष्ण खाण पनि दिक्क भा’छन् रे । कसो, प्रकाशशरण महतज्यू ?

देख्नेलाई लाज !
कांग्रेसले चुनाव हारेपछि प्रधानमन्त्री शेरबहादुर देउवा बेहोस भएका छन् । बेहोसीमा उनले कहिले के कुरा गर्छन् त कहिले क ? देउवाको ताल देखेर स्वयं कांग्रेसका कार्यकर्ताहरुसमेत लाजले भुतुक्कै बनेका छन्, खबर दृष्टिको बक्रदृष्टिमा उल्लेख छ ।

धनगढी पुगेर देउवा भने–कसलाई सत्ता छोड्नु ? कुनै पनि दलले स्पष्ट बहुमत ल्याएको छैन । सारा संसारले बुझेको कुरो देउवाले बुझ पचाउँदा... देख्नेलाई लाज जस्तो भएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan