Saturday 17th of November | २०७५ मङ्सिर १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हक्कीमा सेमिफाइनल समीकरण पूरा,खो खोमा आर्मीको दोहोरो जित

आर्मी र प्रहरी सेमिफाइनलमा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ ३ बुधबार |
newsabhiyan

काठमाडौं,  ३ माघ । राखेप च्याम्पियनसिपअन्तर्गत १७ औं पुरुष तथा दोश्रो महिला राष्ट्रिय हक्की प्रतियोगिताको पुरुषमा सेमिफाइनल समीकरण बुधबार पूरा भएको छ ।
सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता पश्चिमाञ्चलले समूह ‘ए’ विजेता डिफेन्डिङ च्याम्पियन नेपाल आर्मीसंग प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ उपविजेता पूर्वाञ्चलल र समूह ‘बी’ को विजेता सुदूरपश्चिमाञ्चलबीच हुनेछ ।

पुरुषतर्फ लिगको अन्तिम दिन पश्चिमाञ्चल र पूर्वाञ्चलले जित हात पार्दै आ–आफ्नो समूहको उपविजेता बन्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन् ।
पश्चिमाञ्चलले मध्यमाञ्चललाई २–१ गोलले पराजित ग¥यो । विजयी टिमका लागि रोशन राना र राजन नेपालले गोल गरे । मध्यमाञ्चलका अंकित पाठकले १ गोल फर्काए । पूर्वाञ्चलले मध्यपश्चिमाञ्चललाई ३–१ गोलले हरायो । पूर्वाञ्चलको जितमा अशोक पौडेलले २ तथा सकिल शेखले १ गोल योगदान गरे । मध्यपश्चिमाञ्चलका सन्तोष बेसाले सान्त्वना गोल गरे ।

हेटौंडामा जारी प्रतियोगिताको महिला राउन्ड रोविन लिगमा डिफेन्डिङ च्याम्पियन सुदूरपश्चिमाञ्चलले जितको खाता खोलेको छ । लगातार दुई खेलमा पराजित सुदूरपश्चिमाञ्चलले आफ्नो तेश्रो खेलमा पूर्वाञ्चलमाथि ३–० को जित रच्यो । विमला भट्टले २ तथा विन्दु रावलले १ गोल गरे ।

यसअघि सुदूरपश्चिमाञ्चल आर्मी र पश्चिमाञ्चलसंग चुकेको थियो । महिलाकै अर्को खेलमा पश्चिमाञ्चल र मध्यमाञ्चलले गोलरहित बराबरी खेले ।

खो खोमा आर्मीको दोहोरो जित
नेपाल आर्मीले राखेप च्याम्पियनसिपअन्तर्गत तेश्रो राष्ट्रिय खो खो प्रतियोगिताको पहिलो दिन बुधबार दोहोरो जित हात पारेको छ ।
रुपन्देहीको रुद्रपुरस्थित गुराँस खेल मैदानमा भएको पुरुषको प्रतिस्पर्धामा आर्मीले पूर्वाञ्चललाई ११–८ ले पराजित ग¥यो । महिलामा आर्मीले मध्यमाञ्चललाई ११–३ ले हरायो । आर्मी दुवै समूहको साविक विजेता हो ।
महिलाको अर्को प्रतिस्पर्धामा सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलबीचको खेल १७–१७ को बराबरीमा टुंगियो । पुरुषको अर्को लिगमा सुदूरपश्चिमाञ्चलले मध्यमाञ्चलमाथि १७–११ को जित निकाल्यो ।

आर्मी र प्रहरी सेमिफाइनलमा
दुई विभागीय टोली नेपाल आर्मी र नेपाल प्रहरी राखेप च्याम्पियनसिपअन्तर्गत २८ औं पुरुष राष्ट्रिय फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आर्मीले पूर्वाञ्चललाई २–० गोलले पराजित ग¥यो । आर्मीका विवेक बस्नेतले १७ औं तथा दीप लामाले ८८ औं मिनेटमा गोल गरे ।

प्रहरीले पश्चिमाञ्चललाई ४–० गोलले हरायो । प्रहरीका सुमन लामाले २ गोल गरे । उनले ३१ र ६४ औं मिनेटमा बललाई जाली चुमाएका थिए । निरकुमार राईले २८ औं र भोला सिलवालले ४३ औं मिनेटमा गोल गरे ।

बुधबारको खेलसंगै सेमिफाइनल समीकरण पनि तयार भएको छ । सेमिफाइनल प्रहरी र एपीएफ तथा सुदूरपश्चिमाञ्चल र आर्मीबीच बिहीबार हुनेछ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan