Thursday 15th of November | २०७५ कार्तिक २९ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दिक्तेल र पञ्चमीबजारबीच सिधा यातायात सञ्चालन

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ ३ बुधबार |
newsabhiyan

खोटाङ, ३ माघ (रासस) : सदरमुकाम दिक्तेलबाट दिप्रुङ गाउँपालिकाको टेम्मा हुँदै पञ्चमी बजारसम्म सिधा यातायात सञ्चालन गरिएको छ । दिक्तेलको अस्पताल चौकदेखि पञ्चमी बजारसम्मको करिब ५० किलोमिटर सडकमा यातायात भएपछि स्थानीयवासी हर्षित भएका छन् ।

गाउँपालिकाले दिक्तेल–पञ्चमीबजार सिधा यातायात सञ्चालनमा ल्याएसँगै ६५ वर्षमाथिका यात्रुलाई नागरिकताको आधारमा निःशुल्क यातायात सेवा लिन पाउने व्यवस्था मिलाइएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताउनुभयो । दिक्तेल–पञ्चमीबजार बसको भाडादर ५०० कायम गरिएको यातायात व्यवसायी संघ खोटाङका महासचिव रामकुमार हिङमाङले जानकारी दिनुभयो ।

दिक्तेल–पञ्चमी सिधा यातायात सञ्चालन भएपछि दक्षिणी क्षेत्रका सर्वसाधारणलाई सदरमुकाम दिक्तेल आवतजावत गर्न सहज भएको छ । निर्माण कार्य सकिएको लामो समयसम्म सवारी साधन नचल्दा सो क्षेत्रका स्थानीयवासी दुई दिनको पैदल यात्रापछि सदरमुकाम दिक्तेल आइपुग्ने गरेका थिए ।

दिक्तेल–पञ्चमीबजार सडक बेलायती सरकारको सहयोगमा ग्रामीण पहँुच कार्यक्रम (¥याप)ले ११ वर्ष लगाएर २०६९ साल असारमा निर्माण सम्पन्न गरेको थियो । वातावरणमैत्री प्रविधि अपनाएर निर्माण गरिएको उक्त कच्ची सडक छ महिना सञ्चलानमा आउने र ६ महिना बन्द हुने गथ्र्यो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan