Sunday 19th of August | २०७५ भदौ ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जन-प्रतिनिधिहरूलाई बन्धक बनाउने ,प्रदेश पाँचको राजधानी तत्काल सच्याउनु पर्छ : प्रभावशाली नेता खड्का

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ ४ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं ,४ माघ । नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काले प्रदेश पाँचको राजधानी रुपन्देही तोकिएको निर्णय तत्काल सच्याउन माग गर्नुभएकोछ ।
 
न्यूज अभियानसँग कुरा गदैै खड्काले भन्नुभयो, प्रदेश पाँचको राजधानी   दाङगराउनु पर्छ , राष्टिय अन्तराष्टिय रुपले पनि  दाङ महतवपुर्ण रहेको बताउनु भयो  । आफुँले हिजै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको समेत बताउनुभएकोछ ।
 
नियमित स्वास्थ्य उपचारको लागि नयाँदिल्लीमा रहनुभएका खड्काले बुधबार नै प्रधानमन्त्री देउवालाई टेलिफोन गरी निर्णय सच्याउन माग गर्नुभएको थियो ।
 
प्रदेश प्रमुख र प्रदेश राजधानी तोकिएको जानकारी पाएलगत्तै खुमबहादुर दिल्ली बसाइ छोट्याएर बिहीबार काठमाडौं फर्किंदैहुनुहुन्छ ।  

जन-प्रतिनिधिहरूलाई बन्धक बनाउने

प्रदेश नं. ५ को अस्थायी राजधानी दाङलाई नतोकेको विरोधमा बिहिबार पनि दाङ बन्द छ । जिल्लामा बिहिबार पनि बिहानैदेखि यातायात, बजार, कलकारखाना, शैक्षिक संस्था सबै ठप्प छन् । पूर्वपश्चिम राजमार्गमा समेत सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् ।

आन्दोलनमा सर्वसाधारण बाहेक कुनैपनि राजनीतिक दलका नेताहरू सडकमा देखिएका छैनन् । यसअघि पनि नेपाली कांग्रेस र नेविसंघका युवाहरूले दाङमा राजधानी माग गर्दै बन्द आह्वान गरेका थिए । दाङको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा माओवादीका नेता कृष्णबहादुर महरा र २ को २ बाट निर्वाचित प्रदेशसभा सदस्य एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले दाङलाई प्रदेश राजधानी नतोकेकोमा विरोध जनाउनु भएको छ ।

महराले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले निर्णय तुरुन्त सच्याउनुपर्ने माग गर्नुभएको छ । नेता पोखरेलले सरकारको निर्णयलाई विवेकहिन भन्नुभएको छ । जिल्लामा बजार, यातायात सबै ठप्प छ । घोराहीमा सर्वदलीय सर्वपक्षीय बैठक बसिरहेको छ । बैठकले के गर्नेरु भन्ने तय गर्नेछ ।

यसैबीच दाङ राजधानी सरोकार समितिले भने विभिन्न निर्णय गर्दै आन्दोलन थप चर्काउने निर्णय गरेको छ । बुधबार राति बसेको समितिको बैठकले माघ ३ गतेलाई कालो दिन घोषणा गर्दै घरर घरमा कालो झण्डा गाड्न आह्वान गरेको छ ।

अस्पताल बाहेक सबै सरकारी कार्यालयहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ । होटल लगायत बजार बन्द गर्ने, एम्बुलेन्समा बिरामी छ र छैन त्यसको एकिन गरेर मात्रै चल्न दिने, अटो, रिक्साहरू समेत बन्द सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।

यसका साथै, आसन्न राष्ट्रिय सभाको चुनावलाई प्रभावित पार्ने गरि जिल्लाका सबै जनप्रतिनिधिहरूलाई बन्धक बनाउने, सम्पूर्ण नेता तथा सरकारका प्रतिनिधिहरूलाई जिल्लामा प्रवेश निषेध गर्ने, माघ २४ मा दाङमा हुन लागेको ५ नं प्रदेशको राष्ट्रिय सभा चुनाव हुन नदिने, कुनैपनि प्रकारको कर नतिर्ने, राजमार्ग केन्द्रीत आन्दोलनलाई सशक्त बनाउने लगायतका कडा आन्दोलनको स्वरुप तय गरेको दाङ राजधानी सरोकार समितिका सदस्य सचिव सविन प्रियासनले बताउनुभयो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan