Monday 21st of May | २०७५ जेठ ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आईतबार १० अर्ब रुपैयाँको बिकास ऋणपत्र सोझै खरिद गर्दै राष्ट्र बैंक (पत्र सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ ४ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ४ माघ । आगामी आईतबार नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको बिकास ऋणपत्र सोझै खरिद गर्ने भएको छ ।

पछिल्लो समय बैकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता अभाव) को अभाव भएपछि राष्ट्र बैंकले ऋणपत्र खरिद गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार ऋणपत्रको बोलकबोल मिति माघ पाँच गते अपरान्ह १२ बजे रहेको छ । सोही दिन जारी मिती तोकिएकोमा काउण्टरपार्टीले बिक्री गर्न चाहेको विकास ऋणपत्रको सिरिज नं., परिमाण र कति मूल्यमा बिक्री गर्ने हो बिक्री मूल्य उल्लेख गर्नु पर्नेछ ।

काउण्टरपार्टीले बिक्री गर्न चाहेको विकास ऋणपत्रको परिमाणको बोल मूल्यमा गर्नु पर्नेछ । काउण्टरपार्टीले बिक्री गर्न चाहेको विकास ऋणपत्र बहु बोलमूल्यमा यस बैंकले खरिद गर्न सक्नेछ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan