Monday 21st of May | २०७५ जेठ ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हाम्रो अर्थतन्त्र कता तिर ? पाँच महिनामा तीन खर्ब ९७ अर्ब ७९ करोड रुपैयाँ व्यापार घाटा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ ४ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ४ माघ । मुुलुकको अर्थतन्त्र निकै कमजोर देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालुु आर्थिक बर्षको मुुलुकको आर्थिक अवस्था सम्वन्धी पछिल्लो पाँच महिनाको प्रतिवेदन अनुसार कुल वस्तु व्यापार घाटा १३ प्रतिशतले बढेर तीन खर्ब ९७ अर्ब ७९ करोड पुगेको छ ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात सात दसमलव आठ प्रतिशत रहेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ प्रतिशत रहेको थियो ।

राष्ट्र बैकंका अनुसार समीक्षा अवधिमा कुल वस्तु आयात १२ दसमलव आठ प्रतिशतले बढेर चार खर्ब ३१ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७८ दसमलव नौ प्रतिशतले बढेको थियो ।

आर्थिक बर्ष २०७४-०७५ को पाँच महिनासम्ममा कुल वस्तु निर्यात १० प्रतिशतले वृद्धि भई ३३ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १७ दसमलव एक प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा अवधिमा भारततर्फ पाँच दसमलव पाँच प्रतिशत, चीनतर्फ ७८ दसमलव चार प्रतिशत र अन्य मुलुकतर्फ १२ प्रतिशतले निर्यात बढेको छ ।

वस्तुगत आधारमा पशुआहार, वनस्पती घ्यू, धागो, जिङ्क सिट, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ भने जुस, अलँैची, जि.आई पाईप, उनी गलैँचा, तामाका तार लगायतका वस्तुहरुको निर्यात घटेको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा, सुन, एम.एस विलेट, पोलिथिन ग्रेनियुल्स लगायतका वस्तुको आयात बढेको छ भने कृषि औजार तथा पार्टपुर्जा, विद्युतिय सामान, सेनिटरीवेयर्स, खाने तेल, ड्राईसेल ब्याट्री लगायतका वस्तुहरुको आयात घटेको छ ।

भन्सार नाकाका आधारमा सुख्खा बन्दरगाहा भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय, बिराटनगर भन्सार कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थल भन्सार कार्यालय, नेपालगंज भन्सार कार्यालय, मेची भन्सार कार्यालय, कैलाली भन्सार कार्यालय, कञ्चनपुर भन्सार कार्यालय र रसुवा भन्सार कार्यालयबाट भएको निर्यातमा वृद्धि भए तापनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा कमी आएको छ ।

त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, कञ्चनपुर भन्सार कार्यालय र रसुवा भन्सार कार्यालयबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७४-०७५ को पाँच महिनामा भन्सार तथ्याकंमा आधारित निर्यातको एकाइ मूल्य सूचकाकं वार्षिक बिन्दुगत आधारमा शुन्य दसमलव चार प्रतिशतले घटेको र आयात मूल्य सूचकांकमा चार दसमलव नौ प्रतिशतले वृद्धि भएकोले व्यापारको सर्तमा पाँच दसमलव तीन प्रतिशतले ह्रास आएकोे छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो सर्त १२ दसमलव छ प्रतिशतले बढेको थियो । कार्पेट, पश्मिना, अलैची, घ्यू, मुसुरोको दालको निर्यात मूल्यमा ह्रास आएका कारण निर्यात मूल्य सूचकांकमा कमी भएको हो भने पेट्रोलियम पदार्थ, सवारी साधन, टायर, रेफ्रिजिरेटर, ल्यापटपको मूल्यमा वृद्धि भएका कारण आयात मूल्य सूचकांकमा वृद्धि भएकोे हो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan