Saturday 17th of November | २०७५ मङ्सिर १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

संसदमा नेमकिपाको भूमिका

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ ४ बिहिबार |
newsabhiyan

कृष्ण प्रजापति, पूँजीवादी बन्दोबस्त सहि हो वा समाजवादी बन्दोबस्त सही हो भन्ने कुरा विश्वब्यापी रुपमा अहिले बहसकै विषय बनेको छ । पूँजीवादी बन्दोबस्तले गर्नैै नसक्ने खालका आर्थिक उन्नति वा विकास निर्माणका कार्यहरु समाजवादी बन्दोबस्तले गरी देखाएका कारण आज देशमा समाजवादी ब्यवस्थाको माग अगाडि आइरहेको हो ।

यदि पूँजीवादी बन्दोबस्त वा प्रजातान्त्रिक अभ्यासबाट सम्पूर्ण जनजिविकाको समस्या समाधान भइरहेको भए विश्वमा माक्र्सवादी विचारधाराको उदय नै हुने थिएन । पूँजीवादको गर्भमा समाजवादको जन्म हुने हो । संसदीय ब्यवस्थाबाटै पूँजीवादी बन्दोबस्तबाटै जनताको खाने, लाउने र दैनिक आवश्यकतालाई पूरा गरी दिन सकेको खण्डमा त्यस भित्र संघर्ष पनि नहुने थियो । अ

नि असन्तोष र संघर्ष नभएको स्थानबाट नयाँ विचारधाराको उदय पनि हुने थिएन । यसरी हेर्ने बखत देशमा पूँजीवादी बन्दोबस्त लागू हुन गएको मूल आधार यो देश नै पहिलादेखि नै अर्ध उपनिवेशवादी देश भइरहेको र यहाँ सामन्ती संस्कार यथेस्त रुपमा लागू भइरहेकाले हो भने त्यसपछि भने अहिले धमाधम यो पूँजीवादी बन्दोबस्तले खाली धनी, पूँजीपति वर्ग र सीमित धनाध्यहरुलाई मात्रै काम गर्न सक्यो । त्यसो भएकोले अहिले यसको धमाधम खोज्दै समाजवादतिर जानु पर्यो भन्ने नयाँ र प्रगतिशील धारणा जनमानसमा उत्पन्न भएको देखिन्छ ।

हाल सालै मात्रै नेपाल मजदुर किसान पार्टीको अठ्ठाइसौं केन्द्रीय परिषद् भक्तपुरमा सम्पन्न भएको समाचार छ । सो परिषदले पनि पूँजीवादी बन्दोबस्त सही हो भने समाजवादी धारणा वा माक्र्सवादको उदय नै हुने थिएन भन्ने कुरा स्पष्ट गरेको छ । पूँजीवादी बन्दोबस्तले ब्यापक जनताको हित नगर्ने भएकोले मात्रै समाजवादी धारणा वा माक्र्सवादी विचारधाराले स्थान ओगट्ने गरेको परिषदले निष्कर्ष निकालेको छ ।

हुनन समाजवादी धारणा पछि मात्रै यो विश्वमा देखा पर्न थालेको नयाँ खालको धारणाा हो । माक्र्सवाद, लेनिनवाद विश्वमा बहुमत जनताको हित गर्ने, बहमत जनतालाई न्याय दिलाउने र बहुमत जनतालाई खाने, पिउने र रोजगारको ग्यारेन्टी दिलाउने धारणाले अगाडि आएको हो ।

मूल आधार नै जनता हुने र राज्यको स्वामित्वमा रहेका सबै सार्वजनिक श्रोत साधन परिचालन गर्ने भएकोले यसलाई विश्वकै सबैभन्दा उत्कृष्ट विचारधाराको रुपमा अंगालेको छ । तर यो समाजवादी बन्दोबस्त प्रयोगकर्ताहरुले जसरी प्रयोग गर्यो उस्तै हुन जान सक्ने पनि रहेछन् ।

रुसमा सोभियत संघ गठन भइसकेपछि पनि खुश्चेभ, मिखाइल गोर्भाचोभ जस्ता पूँजीवादी बन्दोबस्तका पक्षपातिहरु समाजवादी ब्यवस्थामा गुप्चतरको रुपमा देखा पर्न थालेपछि सो ब्यवस्था नै पतन हुन पुगेको थियो । अहिले त्यहाँ खाने, लाउने कुराहरु पहिला जस्तै अभाव देखा पर्न थालेको, महिलाहरुले एक छाक खान र एक सरो राम्रो लुगा लगाउनको लागि पनि बेश्याबृतितिर लाग्नु पर्ने भएको र विभिन्न किसिमका विकृति र विसंगतिहरु देखा पर्न थालेकाले भने समाजवादी बन्दोबस्तको लागि अहिले पुनः आवाज घन्किन थालेको दखिन्छ ।

तर समाजवाद सजिलै लागू हुने वा आउने चीज भने होइन । सारा जनता एक धिक्का भएर लड्न नसकेसम्म समाजवादी बन्दोबस्त लागू हुने सम्भावना रहन्न । रुसमा सन् १९१७ मा जार सत्ताको अन्त्य संगसंगै त्यहाँका अल्पमत भनिएका मेन्सेविक सरकार लागू भयो । फेब्रअरी क्रान्तिले उनीहरुको सत्ता ल्याएको थियो भने लेनिनले लगातार अक्टोबर क्रान्तिको लागि तयार गरी त्यसलाई नै लागू गरी देखाएपछि मात्रै समाजवादी गणतन्त्र वा सोभियत संघ स्थापना भएको थियो ।

यसरी दुःख, कष्ट र संघर्ष गरी ल्याइराखेको सोभियत संघको पतन दुई चार जना अवसरवादी कम्युनिष्ट नेता भनाउँदाहरुबाट भयो । चीनमा पनि त्यस्तै खालका अवसरवादी नेताहरु देखा नपरेको होइन । ल्यू साओ चि त्यस्तै खालका संशोधनवादी चिनियाँ नेता मानिन्छ ।

नेपालमा हालसम्म सबै नक्कली कम्युनिष्ट नेताहरु मात्रै अगाडि आइरहेका छन् । त्यसैले पनि यहाँ अहिलेसम्म कम्युनिष्ट शासन लागू हुन सकेको छैन । तर वर्तमान संविधानमा भने अब देशलाई समाजवादउन्मुख बनाउने भनी यसै धोषित संविधानमा नै समाजवादउन्मुख संविधान शब्द उल्लेख भइसकेको अवस्था छ । समाजवादउन्मुख भन्नुको अर्थ समाजवादतिर धल्केको भन्ने बुझिन्छ ।

तर यहाँ पूँजीवादी क्रान्ति नै पूरा भएको छैन । पूँजीवादी क्रान्तिलाई सफल गर्ने बिटिक्कै यहाँको समाजवादी आन्दोलन अगाडि बढ्ने हो । तर त्यसो हुन सकेन । यसतर्फ नेताहरुले ध्यान दिन सकेको छैन ।

प्रतिक्रियावादीहरुले सदा आफूहरु मात्रै शासन सत्तामा रहनको लागि अनेकौं जालझेल गरी सत्ता टिकाउने खेल खेलेर बस्ने भएकाले पनि यो समयमा पूँजीवादी बन्दोबस्त अगाडि लानेहरु नै मात्रै भएका छन् । वर्तमान अवस्थामा नेपाली कांग्रेसको सरकार छ । यसपछि कम्युनिष्ट भनिएको एमाले सत्तामा जाने निश्चित प्राय छ । तर अहिलेसम्म यो एमाले भनिएको पार्टीले यो संसदीय ब्यवस्थालाई ध्वस्त पार्ने, यसलाई असफल पार्ने र यसको विरोधमा लडेर समाजवादी आन्दोलन गर्ने कुराहरु बाहिर ल्याएको छैन ।

आफूहरु विभिन्न रुपमा ठूलो बन्नको लागि मात्रै एमाले वा कम्युनिष्ट नाम राखेर सबै आचारण वा भित्रै ब्यवहार सबै पूँजीवादी आचरण गरिरहेकाले पनि यो समयमा जताले उनीहरुलाई कम्युनिष्ट नै हो भनी पत्याउन सकिरहेको छैन ।

मनमोहन अधिकारीले अमेरिकामा गएको बखत एउटा पत्रिकालाई अन्तर्वार्ता दिने क्रममा यो एउटा ब्राण्ड वा चिन्ह मात्रै भएको अभिब्यक्ति सार्वजनिक गर्नु भएको थियो । एमालेको मुकुन्दो मात्रै कम्युनिष्ट तर यो पार्टी पूँजीवादी पार्टी नै हो भन्ने अध्यक्ष मनमोहन अधिकारीले अभिब्यक्ति दिएर गएको धेरैले पढेका पनि थिए ।

यसरी पूँजीवादी ब्यवस्थाले गराउने निर्वाचनमा भाग लिएर पनि नडराईकन भारतीय बिस्तारवाद र अमेरिकी साम्राज्यवादको सदनबाटै समेत बिरोधको आवाज घन्काउने काम भने नेमकिपाले गरेको थियो । त्यसो भएर पनि कहिले उनीहरुको अभिब्यक्तिलाई लिएर सदनको रेकर्डबाटै पनि हटाउने प्रस्ताव ल्याएर हटाउन लगाएको देखिन्छ ।

कानूनी र गैर कानूनी संघर्ष गरी समाजवादी आन्दोलन मार्फत् समाजवादी बन्दोबस्त ल्याउने मुख्य लक्ष लिएर अगाडि बढिरहेको नेमकिपा सदनलाई क्रान्तिकारी संसदवादको रुपमा उपयोग गर्दै आइरहेको पार्टी हो । २०३१ सालमा किसान आन्दोलन मार्फत् अगाडि आएर पार्टीको रुप दिएको यो पार्टीले अब पनि सदनमा एक प्रखर प्रतिपक्षीको भूमिका खेलेको छ । यो एउटा आशाको केन्द्र मात्रै नभै थुप्रै नेपालका कम्युनिष्ट पार्टी भनिएकाहरुलाई बाटो देखाउने लालटिन वा प्रकाश स्तम्भको रुपमा पनि काम गरिरहेको पार्टी हो भन्दा केही पनि फरक पर्ने देखिन्न ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan