Wednesday 21st of February | २०७४ फाल्गुण ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सीमामा गरेको कार्यप्रगतिबारे देशवासीलाई जानकारी गराउन आग्रह

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ ५ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौँ, ५ माघ । विवेकशील साझा पार्टी नेपालले नेपाल–भारत सीमा सर्वेक्षण टोलीले सीमामा गरेको कार्यप्रगतिबारे देशवासीलाई जानकारी गराउन सरकारसँग आग्रह गरेको छ ।

साझा पार्टीका प्रवक्ता रमेश पौडेलले आज विज्ञप्ति जारी गर्दै टोलीले हालसम्म ‘हराएका र क्षतिग्रस्त पिलर’ बारेको अवस्था, पिलरको निर्माण तथा मर्मतकार्यको सिलसिलामा सर्वेक्षण कार्यमा प्रयोग भएको प्रविधि, ऐतिहासिक तथ्य एवं नापनक्साका बारेमा जानकारी दिन सरकारलाई आग्रह गरेको हो ।

साझा पार्टीले देशको सीमानाजस्तो संवेदनशील विषयलाई गम्भीरतापूर्वक लिएर कहीँकतैबाट नेपालको भौगोलिक अखण्डता, सार्वभौमसत्ता, राष्ट्रियता र स्वाधीनतामा आँच आउनेखालका कुनै पनि गतिविधि हुन नदिने कार्यमा दृढ रहन पनि सरकारलाई आग्रह गरेको छ ।

साझा पार्टीले सिमाना मिचिएका कुरा नेपालका सीमाविद्ले गम्भीर चिन्ता व्यक्त गर्दा पनि सरकारले केही प्रतिक्रिया नजनाएको उल्लेख गरेको छ ।

नेपाल र भारतले संयुक्तरूपमा गरिरहेको ‘हराएका र क्षतिग्रस्त पिलर’को निर्माण र मर्मतका क्रममा वीरगञ्ज महानगरपालिका–१, छप्कैया क्षेत्रमा स्थानीयवासीको ३० बिगाहाभन्दा बढी जमिन मिचिएको भन्नेबारे पनि ध्यानाकर्षण भएको साझा पार्टीले जनाएको छ । (रासस) 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan