Monday 21st of May | २०७५ जेठ ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इजी डिल्स नेपालको उद्घाटन कार्यक्रम सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ ५ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ५ माघ । थापाथलिमा आयोजित एक कार्यक्रमका बिच इजी डिल्स नेपाल नामक व्यावसायिक संस्थाको उद्घाटन गरिएको छ ।

अनलाइन सपिङ मार्फत् आम उपभोत्तालाई सेवा उपलव्ध गराउने गद्देश्यले यस व्यवसायिक संस्थाको थालनी गरिएको संस्थाका अध्यक्ष फिलिप डि.सि.ले बताउनु भयो ।

कार्यक्रमको प्रमुख अतिथिका रुपमा बोल्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले, ‘यस संस्थाको व्यावसायिक उद्देश्य आजको विज्ञान र प्रविधिको युगलाई भरपुर उपयोग गरेर आम उपभोक्तालाई लाभान्वित गर्ने खालको रहेको हुनाले यसमा नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिन आवश्यक रहेको’ बताउनु भयो ।

कार्यक्रमको विशेष अतिथिका रुपमा बोल्दै उज्यालो चिन्तनका उत्प्रेरक विश्व किर्तिमानी बक्ता, अनन्तराम के.सि.ले ‘नेपालमा अनलाइन सपिङको यस प्रयोगले व्यापारमा नयाँ क्रान्ति ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागी दर्जनौँ पत्रकार, सामाजिक अभियन्ताहरू तथा उपस्थित सम्पूर्ण जनसमूदायले अनलाईन सपिङको नयाँ व्यावसायिक सेवाबारे जिज्ञासा राखेका थिए । उपभोक्तको उत्सुकतालाई सम्बोधन गर्दै संस्थाका अध्यक्षले, ‘यस संस्थाले अनलाईन मार्फत् सरल, सुलभ र गुणस्तरिय सेवा प्रदान गर्ने र आम उपभोक्ता प्रत्यक्ष लाभान्वित हुने’ जानकारी दिनुभयो ।

कार्यक्रममा सम्राट सिंह ठकुरीले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम, साहित्यका, पत्रकार तथावाङ्मय अनुसन्धाता, सगोत्री आचार्यले सञ्चालन गरेका थिए ।

यस संस्थाले ‘भाइटेक्स अर्थात् फुड सप्लिमेन्ट्रि’, ‘इलेक्ट्रोनिक’, ‘कस्मेटिक’, ‘फर्निचर’, ‘कपडा’लगायत विभिन्न ब्रान्डका सामानहरू अनलाईन मार्फत् माग भए बमोजिम होम डेलिभरी सहित सेवा उपलब्भ गराउने छ । अहिले काठमाडौँको पुतलिसडकमा यसको मुख्य कार्यालय रहेको छ ।

निकट भविष्यमा नेपालका अन्य भागमा पनि शाखा विस्तार गरिने बताइएको छ । संस्थाका अनुसार, नेपाली उत्पादन ओझेलमा परिरहेको अवस्थामा नीजि क्षेत्रबाट भए पनि इजि डिल्स नेपालले नेपालका उत्पादनलाई विश्व बजारसम्म पु¥याउन अनलाईन सपिङ सुरुवात गरेको छ र नेपाली व्यापारलाई अन्तर्राष्ट्रिस्तरमा पु¥याउने योजना रहेको बताइएको छ ।

आम उपभोक्ताले यस अनलाइन सपिङ मार्फत् कुनै पनि सामान खरिद वा बिक्रि गर्न चाहेमा www.easydealsnepal.com वा facebook.com∕easydealsnepal मा सम्पर्क गर्न संस्थाका सञ्चालकले अनुरोध गरेका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan