Thursday 24th of May | २०७५ जेठ १० बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रदेश राजधानी माग्दै सडकमा धर्ना

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ ५ शुक्रबार |
newsabhiyan

भक्तपुर, ५ माघ (रासस) ः सानोठिमीलाई प्रदेश नं ३ को राजधानी बनाउनुपर्ने माग गर्दै आज पनि यहाँ प्रदर्शन गरिएको छ ।

भक्तपुर, सानोथिमि, पेप्सीकोला हुँदै काठमाडौँ जाने सडकअन्तर्गत मध्यपुरथिमिको बाहाखा बजार चोकमा धर्ना दिएर प्रदर्शन गर्दै सरकारले हेटौँडालाई प्रदेश राजधानी तोकेकामा विरोध गरिएको थियो ।
सडक बन्द गराएर अपराह्न ३ बजेदेखि दुई घण्टासम्म जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य महेश बस्नेत, प्रदेश सभा सदस्य शशीजंग थापा, राजेन्द्रमान श्रेष्ठ, नगरपालिका प्रमुख र उपप्रमुख, वडाध्यक्ष र महिला, युवा एवं स्थानीय बासिन्दाले धर्ना दिएर नाराबाजी गरेका थिए । कार्यक्रममा नेताहरुले सरकारले भक्तपुर अस्थायी राजधानी बनाउने निर्णय नगरेसम्म आन्दोलन जारी राख्ने बताउनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan