Sunday 18th of February | २०७४ फाल्गुण ६ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

...बात लाग्ला है, ...विचार गरौं !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ ६ शनिबार
newsabhiyan

शाश्वत शर्मा,
‘अब अति भो... नयाँ पुस्ताले चिन्दैनन्.... पुरानाले पनि बिर्सन थाले... अब (पूर्व)राजा ज्ञानेन्द्रले नेपाली जनतालाई नतिजा दिन सक्नु प¥यो ।’ एक जना राजतन्त्रवादी यो पंक्तिकारसँग यसै भन्दै थिए ।

खासगरी गएको भाइटिका, कात्तिक ४ गते (पूर्व)राजाले ‘भाइटिका’ लगाएपछि मिडियासामू जे जस्ता कुराहरु, खासगरी आफ्ना ‘मन’भित्र गुम्सिएर बसेका, गर्नुभयो, अब त्यो व्यवहार।मा उतारेको देखाउन सक्नुप¥यो ।

देशभित्रका यात्रा, विदेशका यात्रा आदि इत्यादी धेरै भए, ...नेपाली जनताले पनि अपार समर्थन देखाइ नै सके । हिजो ०६२÷६३ मा जनआन्दोलन नाममा जेजति भए, ती फगत गुण्डागर्दी मात्र थिए भन्ने पनि प्रमाणित भइसके । केही ठेटनाहरु अझैपनि गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता भन्दै होलान्, ...तिनले भन्दै गरुन ।

तर, अब आफ्नो पुर्खाले आर्जेको मुलुकलाई बचाउनका लागि (पूर्व)राजा खुलेरै आइहाल्नु पर्ने स्थिति छ । राष्ट्रियता एकदमै कमजोर भएर गयो । नेपाली पहिचान हराएर गयो, नेपाली– नेपालीकाबीचमा काटमारको स्थिति उत्पन्न गरायो । ...समग्रमा भन्नुपर्दा नेपलाको अस्तित्व नै विलिन हुने अवस्थामा पुग्यो ।

अब पनि नजुर्मुराउने ? हिजो ०५८ सालमा ‘श्री ५’ हुँदा आफ्ना पिता स्व. श्री ५ महेन्द्र झझल्को देखे– राष्ट्रियताको सवालमा । ऐतिहासिक माघ १९को कदमका बेला मुलुकलाई सही दिशा तिर डो¥याएर तीन वर्षभित्र चुनाव सम्पन्न गराई जनताका प्रतिनिधिहरुलाई नै सत्ता सम्पन्छु भन्ने उद्घोष गर्दा आफ्ना दाजु स्व. श्री ५ विरेन्द्रजस्तो प्रजातन्त्रवादी राजा भन्ने संकेत बुझे ।...तर अब, अति भयो ।

अब पूर्वराजाले अपाm्ना पुर्खा श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह झैँ मुलुकलाई एकीकरण गर्न तिर लाग्नु प¥यो । जसरी पृथ्वीनारायणले भौगोलिक र भावनात्मक एकीकरण गरेर विशाल नेपालको निर्माण गरे । त्यसैगरी अब नेपालमा फेरी एकपटक नेपाली–नेपाललीका बीचमा भावनात्मक एकीकरणको खाँचो छ । त्यो पूर्ति गर्न अब पूर्वराजा अगाडि आउनै पर्छ– बहुसंख्यक नेपालीहरु यसै भन्न थालेका छन् ।

गणतन्त्रको नाममा लुटतन्त्र, संघीयताको नाममा फुटतन्त्र अनि धर्मनिरपेक्षताको नाममा कृश्तानतन्त्र जसरी चलाइएको छ, त्यो अब असह्य भइसकेको छ । अढाई सय वर्षको इतिहासमा शाहवंशीय राजाहरुले पटक पटक जनतासँग मिलेर देशको रक्षा गरेको इतिहास हाम्रो सामू छ । बुहसंख्यक नेपालीहरु भन्छन्, अब पूर्वराजाले आफ्नो कुरा नचपाउन् ।

...अब पूर्वराजा राष्ट्रियता र प्रजातन्त्रलाई लिएर खुलेरै मैदानमा आउन । एक त मुलुकले धान्न नुसक्ने शासन प्रणाली, त्यसमाथि नेता भनाउँदाहरु प्रायः सबै सञ्चालित ! हो, हिजो (०६२÷६३) भाडाका अन्दोलनकारीद्वारा परिवर्तन गराइयो, तर त्यो परिवर्तन नेपाल र नेपालीको हित अनुकूल थिएन भनेर प्रष्ट नै भइसक्यो ।


केही विकल्प नभएपछि नेपाली जनता त्यही कांग्रेस, एमाले, त्यही माओवादी अनि तिनै मधेसवादीहरुलाई स्वीकार्न बाध्य छन् । थाहा छ यिनीहरु भ्रष्टाचारी हुन्, विखण्डन कारी हुन्, तैपनि बाध्यता छ । मुलुक अभिभावक विहीन भएको छ । मुलुकमा कथित ठूला पार्टीअरुको जेमन्त चलेको छ । संविधान एकातिर, कानुन एकातिर, ...तर राष्ट्रिय सहमतिका नाममा जेमन्त ! आफैंले बनाएको संविधान, नीति, नियम, कानुनलाई पटक पटक उल्लंघन गरेर राष्ट्रिय सहमति भन्दै तानाशाही चलाइएको छ ।

तीन वटा ठूला दल भनिने एमाले, कांग्रेस, माओवादी अनि कहिलेकाहीँ त्यो मधेसवादी दलहरुले पनि ‘लाहाछाप’ लागाइदिए यहाँ हुने–नहुने सम्पूर्ण कुराहरु हुन सक्छन् । देश जहाँसुकै जाहोस् । ....यस्तो पनि लोकतन्त्र हुन्छ ?

राष्ट्रियताको कुरा, आर्थिक विकासको कुरा, सामाजिक सद्भावका कुरा ....यस्ता कुराहरु चुनावका बेला वितरण गरिने घोषणापत्रमा मात्र सीमित हुन्छन् । चुनावपनि सकियो, घोषणा पत्र पनि सकियो । त्यसपछि सुरु हुन्छ उही राष्ट्रघात, भ्रष्टाचार, सत्ताको हानाथाप आदि–इत्यादी विकृती ।! भागवण्डाबाट राष्ट्रपति, उपराष्ट्रपति नियुक्त गरिन्छ । तिनलाई कसले टेर्ने ? कसले मान्ने ? हिजो संवैधानिक राजा थिए, केही न केही ‘अनुशासन’ थियो ।

अझ ०१७ सालदेखि ०४६ सालसम्म त मुलुक एकदमै अनुशासित थियो ।  भ्रष्टाचार नगन्य थियो, विकासका पूर्वाधारहरु व्यापक रुपमा निर्माण भए, विदेशमा नेपाल र नेपालीको इज्जत थियो, तर ०४६पछि जब ‘राजा’लाई संवैधानिक बनाइयो,त्यसपछि ‘सुशासन’ कायम रहन सकेन ।

अझ ०६२÷६३ पछि त छाडातन्त्र नै मौलायो, भन्नुको तात्पर्य, अब नेपालले यो छाडातन्त्र धान्नै सक्दैन । भन्दाखेरी यो ‘पुराण’ सुनाए जस्तो हुन्छ, तर वास्तविकता यही हो । मुलुकलाई फेरि एकपटक नेपलाी जनताहरुलाभई एकसुत्रमा बाँध्न सक्ने परपम्परागत शक्ति यानिकी शाहवंशीय राजतन्त्र चाहियो । त्यसका लागि पटक पटक देश भ्रमण गरेर जनमत बुझिसकेकका (पूर्व)राजा अब खुलेरै अघिसर्नु प¥यो ।

‘मोही माग्ने, ढंग्रो लुकाउने’ किसिमले अब हुँदै हुँदैन । भोलि ढिलो होला, ...आफ्नो ‘तन्त्र’ जोगाउन नसकेको ‘बात’ त लाग्यो नै । भोलि आफू हुँदैखेरि आफ्नो पुर्खाले एकीकरण गरेको मुलुक जोगाउन केही नगरेको आरोप लाग्ला है !


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan