Sunday 19th of August | २०७५ भदौ ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वैदेशिक रोजगारीको लोभ देखाएर ३ करोड ठगी गर्ने पारस पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ ६ शनिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं,६ माघ । रोजगारीको लागि जापान, अमेरिकालगायतका देशमा पठाउने प्रलोभन दिँदै करोडौँ ठगी गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने नुवाकोट थानपतीका ३९ वर्षीय पारस लोहनी हुन् ।

उनलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले बुधबार काठमाडौं–१६ सोह्खुट्टेबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले फ्रान्स, जापान, सिंगापुर, अमेरिकालगायतका देशहरूमा पानीजहाजमा आकर्षक सेवा सुविधासहितको रोजगारी दिने प्रलोभन देखाई प्रतिव्यक्ति ७ लाखदेखि ३५ लाख रुपैयाँसम्म लिएका थिए । उनले ३३ जनाबाट २ करोड ७५ लाख रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ। 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan