Saturday 17th of November | २०७५ मङ्सिर १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मेयरकप क्रिकेट : खलंगा सेमिफाइनल

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ ६ शनिबार |
newsabhiyan

बैतडी, ६ माघ (रासस) : दशरथचन्द नगरपालिका–४ खलंगा यहाँ जारी प्रथम मेयरकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुड्डाबाजे क्रिकेट मैदान रातामाटामा आज भएको खेलमा दशरथचन्द नगरपालिका–१० बाराकोटलाई दुई विकेटले पराजित गर्दै खलंगा सेमिफाइनल प्रवेश गरेको हो ।
टस जितेर ब्याटिङ गरेको बाराकोटले डम्बर बुडालको सर्वाधिक १६ रनको मद्धतमा १९.४ ओभरमा ११३ रन बनायो । बलिङतर्फ खलंगाका मोहित भण्डारी, प्रदिप चन्द र सुरज बोहराले दुई÷दुई विकेट लिए ।

एक सय १४ रनको विजयी लक्ष्य खलंगाले १९.२ ओभरमा आठ विकेटको क्षतिमा पूरा ग¥यो । खलंगाका लागि ‘म्यान अफ द म्याच’ राजु भाटले २५ तथा भरत चन्दले २४ रन बनाए ।

यस्तै आज सम्पन्न अर्को खेलमा दशरथचन्द नगरपालिका–७ दुर्गास्थानलाई १६२ रनले पराजित गर्दै वडा नं– ५ दशरथचन्द विजयी भएको छ । टस जितेर ब्याटिङ गरेको दशरथचन्दले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २२१ रन बनायो । लोकेश भट्टले ७८ तथा जगदीश चन्द (ए) ले ६९ रन बनाए । दुई सय २२ रनको लक्ष्य पछ्याएको दुर्गास्थान १७.१ ओरमा ५९ रनमा समेटियो ।

दुर्गास्थानका नवराज बडुले २२ रन बनाए । बलिङतर्फ दशरथचन्दका जगदीश चन्द (बी)ले ५ तथा शमिर चन्दले दुई विकेट लिए । म्यान अफ द म्याच दशरथचन्दका लोकेश भट्टलाई घोषित गरिएको मेयर कप क्रिकेट प्रतियोगिताका सल्लाहकार तेजप्रकाश भट्टले जानकारी दिनुभयो ।

शहीद दिवसका अवसरमा दशरथचन्द नगरपालिकाको आयोजना तथा बैतडी जिल्ला क्रिकेट संघ र नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भइरहेको छ । विजेताले रु ५० हजार र उपविजेताले रु ३० हजार पुरस्कार पाउनेछ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan