Saturday 17th of November | २०७५ मङ्सिर १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तीन हप्ताको बसाइमा पूर्वराजाले के–के गरे ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ ६ शनिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ६ माघ । पूर्व राजा ज्ञानेन्द्र शाह शुक्रबार काठमाडौं फर्केका छन् । झण्डै तीन हप्ता नेपालगञ्ज र आसपासका जिल्लाहरूको भम्रण गरेका पूर्वराजा शाह श्री एयरलाइन्सको उडानबाट साढे दुई बजे काठमाडौं आइपुगेका हुन् ।

परिवारका सबै सदस्य यसअघि नै काठमाडौं फर्किसकेकाले पूर्व राजा शाह एक्लै काठमाडौं फर्केका हुन् । १३ पुसमा नेपालगञ्ज प्रस्थान गर्दा पूर्वराजाका साथमा पत्नी कोमल, बुहारी हिमानी, छोरी प्रेरणा लगायत थिए ।

त्यसमध्ये जेठी छोरी पूर्णिकालाई ब्याङ्कक पुर्याउनु पर्ने भएकाले पुस १९ गते हिमानी काठमाडौं फर्किसकेकी थिइन् । नेपालगञ्ज बसाइका क्रममा पूर्वराजा शाहले कैलाली, सुर्खेत, दाङ लगायतका जिल्लाका धार्मिक केन्द्रहरूमा पुगेर पूर्जअर्चना गरेका थिए ।
त्यसबाहेक उनी भारतको लखनउपनि पुगे, जहाँ उनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका थिए ।

मध्यपश्चिम र सुदूर पश्चिमको भ्रमण भनिएपनि शाहको यसपटकको भ्रमण धार्मिक–व्यापारिक प्रयोजनका लागि थियो । पूर्वराजा शाह आफ्नो समेत लगानीमा नेपालगञ्जमा खोलिएको सोल्टी होटलको उदघाटन र व्यापार बृद्धिका लागि त्यसतर्फ गएका थिए ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan