Wednesday 14th of November | २०७५ कार्तिक २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सफल मोडल बन्ने दिक्षाको सपना

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ ११ बिहिबार |

कलैया, ११ माघ ।बिरगंजमा सम्पन्न फेस अफ द तराई नेपालकि बिजेता दिक्षा शिंह सफल मोडल बन्ने सपनाका साथ मोडलिङ्ग जगतमा छिरेकि छन् ।

तराई–मधेशका युवायुवति सहभागि भएका फेस अफ द तराई नेपालका बिसौ कन्टेस्टेन्टहरुलाई पछ्याउंदै दिक्षाले बिजेताको ताज पहिरेकि हुन ।

कलैया उपमहानगरपालिको वडा नम्बर १ कि निवासि दिक्षाले बिहिवार कलैयामा पत्रकारहरुसंग कुरा गर्दै भविस्यमा एक सफल मोडेलको रुपमा स्थापित हुने आफ्नो सपना सुनाईन ।

‘म शुरु देखि नै मोडलिङ्गमा लाग्न चाहन्थे’ उनले भनिन ‘र आज यो ईभेन्ट जितेपछि सपना साकार हुनेछ सस्तो फिल भईरहेको छ ।’

दुई वर्ष पहिला ‘आजकल...’ नामक म्युजिक भिडियोमा अभिनय समेत गरिसकेकि दिक्षालाई अहिले बिभिन्न म्युजिक भिडियोको लागि अफर समेत आईरहेको उनले बताईन ।

बिरगञ्जमा बिबिएबो पढाई गरीरहेकि २१ वर्षिय दिक्षा पढाईसंगै र मोडलिङ्ग मै क्यारीयर बनाउने लागिपरेकि छिन् ।

फेस अफ द तराई नेपालको टाईटल जितेपछि प्रसंशकहरुको संख्या बढेको र सबैले आफुलाई चिन्न थालेकोमा खुशि व्यक्त गर्दै दिक्षाले सबैलाई धन्यवाद ब्यक्त गरिन् ।

पछिल्लो समय कलैया–बिरगञ्जमा बिभिन्न मोडलिङ्ग तथा फ्यासन शो हरु हुदै जांदा यस क्षेत्रका युवायुवतिहरुमा समेत आफ्नो प्रतिभा प्रदर्शन गर्ने मौका मिल्न थालेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan