Wednesday 23rd of May | २०७५ जेठ ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सय डलरले यसरी बने एक नेपाली अर्ब पति

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ २२ सोमबार |
newsabhiyan
newsabhiyan

कुनै एक युवाले सय डलर रुपैयाँ लगानीबाट अर्बौ रुपैयाँ कमायो भन्दा कसैले विस्वास गर्न नसक्ला । तर, यो सत्य हो । ताप्लेजुङका ३७ वर्षीया युवा प्रकाश सिटौला जसले एक सय डरल लगानी गरेरै अहिले अर्ब पति भएका छन् । सामान्य आर्थिक अवस्था भएको परिवारमा हुर्केका प्रकाशको अर्ब पति बन्ने मौका भने डिभि चिठ्ठा मार्फत खुलेको हो ।

डिभि चिठ्ठा मार्फत संयुक्त राज्य अमेरिका प्रवेश गरेका प्रकाश अहिले अर्ब पति भएका छन् । जम्मा एक सय डलर मात्रै लिएर सन् २००४ को फेब्रुअरी महिनामा अमेरिका पुगेका प्रकाश छोटो समयमा नै अर्बौ लगानी भएको व्यवसायको मालिक बन्न सफल भए ।

वाल्यवस्थादेखिनै पढाईमा अब्वल प्रकाशले गाउँकै स्कूलबाट विशिष्ठ श्रेणीमा एसएलसी उतिर्ण गरेका थिए । एसएलसी उतिर्ण पश्चात उच्च शिक्षका लागि काठमाडौं छिरेका उनले अध्ययन पुरा गर्नका लागि ट्युसन पढाए ।

डेरा भाडा लगाएतका खर्च धान्न ठमेलस्थित कँगारू एकेडेमीमा बिबिएस पढ्दा देखि नै ट्यूसन पढाउन सुरु गरेका उनलाई डिभि चिठ्ठा पर्यो र अमेरिका तिर गए । काठमाडौंमा नै उनले स्नातक तेस्रो वर्षमा आफ्नो संकायमा सर्बोत्कृष्ट र प्रथम श्रेणीमा एमबिएस उत्तीर्ण गरेर पढाइमा आफ्नो अब्बलता कायम नै राखे ।

देश माओवादी द्वन्द्धको चरमोत्कर्षमा भएको बेला डिभी परेर अमेरिका जाने मौकाले खुसी दिएपनि अमेरिकामा आफूले चिने जानेको कोही नभएकोले उनलाई बिरानो ठाउँमा कसरी टिक्ने भन्ने चिन्ता पनि थियो ।

१३ वर्ष अघि केही सय डलर मात्र लिएर नेपालबाट अमेरिकाको कोलोराडो, डेनभर झरेका ३७ वर्षीय युवा हुन् प्रकाश सिटौला । तिनै प्रकाशको डेनभरमा अहिले ९ वटा ग्यास स्टेसन, ३ वटा लिक्वेर स्टोर र २ वटा रेष्टुरेण्ट सहित १४ वटा व्यवसाय सञ्चालनमा छन् ।

नेपालीलाई सहयोग गर्न इच्छुक

प्रकाश आफू अमेरिकामै बस्ने भए पनि जन्मभूमी नेपाललाई कहिल्यै भुल्न नसक्ने बताउछन् । उनले नेपालमा गएको महाभुकम्प तथा तराईमधेसमा आएको बाढी लगायतका विपत्तिमा आर्थिक सहयोग गर्दै आएका छन् । आफूले सहयोग गर्ने मात्र नगरेर डेनभरको नेपाली समुदायलाई नै सहयोगको लागि परिचालित गर्ने गरेको उनी सुनाउछन् । डेनभरमा नेपाली समुदायले केही गर्दैछ भने अब प्रकाशको ‘सिटौला ब्रदर्श’ पनि सँगै जोडिन आउने नाम हुन थालेको छ ।

सबै परिस्थितिले साथ दियो भने कमजोर आर्थिक अवस्थाका कारण पढ्न नपाएकाहरुलाई शैक्षिक छात्रवृत्ति मार्फत सहयोग पुय्राउने लक्ष्य लिएका प्रकाश प्रवासमा आर्थिक हैसियत सुधारेका सबै नेपालीले सकेसम्म आफू जन्मेको ठाउँको लागि केही न केही गर्नै पर्छ भन्ने ठान्दारहेछन् ।

              

यसरी शुरु भयो उद्यमशीलता

अमेरिकामा वेटरको काम पाएका उनले होटलको कामदारको रुपमा केहि वर्ष काम गरेसँगै उनको मालिक बन्ने मौका खुल्यो । सन् २०१० सम्म तीन वर्ष रेष्टुरेणटमा काम गरेका उनले अन्नतः हिम्मत गरे सस्तो व्याजमा कर्जा लिएर एक डुबेको रेष्टुरेष्ट सञ्चालनमा ल्याए । दिन एक गुणा रात चौगुणा भने जस्तै उनको व्यवसाय राम्रो चल्यो । जसको मुनाफाबाट उनले थप व्यवसायमा हात हाले ।

एउटा अमेरिकी डिग्री लिन पाएहुन्थ्यो भन्ने सोच भएको बताउने उनले रेष्टुरेण्टमा मेनेजर भैसकेपछि कोलोराडो युनिभर्सिटीमा एकाउण्टिंग विषयमा मास्टर्स सुरु गरे र राम्रो अङ्क (जिपिए)का साथ ग्रयाजुएट समेत भएको बताउछन् ।

२०१० मा पब्लिक एकाउण्टिंग सेवाका लागि सर्टिफाइड पब्लिक एकाउण्टेण्ट (सिपिए) लाइसेन्स लिए पछि रेष्टुरेण्टको काम छोडेर नल एकाउण्टिंग नामको सिपिए फर्ममा काम थालेको बताउने उनी छ वर्ष सम्मको कडा परिश्रम सहितको काम र यहींको युनिभर्सिटीको डिग्रीले आफ्नै केही व्यवसाय गर्नुपर्छ भन्ने सोच आएको उनको भनाइृ छ । पहिलो व्यवसाय लिएको एकबर्ष मै दोस्रो व्यवसाय सुरु गर्न सके ।

              

सायद भाग्य र मिहेननत दुवै उनको पक्षमा थियो र त उनले हात हालेका सबै व्यवसायले राम्रो कारोबार गर्न थाल्यो । अहिले तीनवटा ग्यास स्टेसन सहितका कन्भिनियन्ट स्टोर उनको आफ्नै प्रपर्टीमा सञ्चालित छन् । दुई मध्ये एक रेष्टुरेण्ट पनि आफ्नै प्रपर्टीमा सञ्चालित छ । नेपाल बस्दाका साथीकी बहिनीसँग प्रेम विवाह गरेका प्रकाश आफ्नो सफलतामा श्रीमतीको समेत महत्वपूर्ण सहयोग भएको बताउछन् ।

अहिले उनको व्यवसायमा प्राय सबै नेपालीहरूलाई नै काम दिएका उनको सबै व्यवसायमा गरेर ५० भन्दा बढी नेपालीहरूले रोगगारी पाएका छन् । आफू एक्लैले यति धेरै नेपाली दाजुभाइदिदीबहिनीहरुलाई काम दिन सकेकोमा आफू खुसी भएको उनी बताउछन् । कडा परिश्रम र व्यवसायप्रतिको लगावले गर्दा ७ वर्ष भित्रै १३ वटा व्यवसायको मालिक बन्न प्रकाश सफल भएका छन् ।

परिवारका अन्य सदस्य पनि अमेरिका र अष्ट्रेलियामा

प्रकाशका ३ दाजुभाई मदन, उमेस र प्रकाश हुन् । प्रकाशका माइृलो भाई भने अष्ट्रेलियामा स्नातकोत्तर अध्ययन गरिरहेका छन् । अस्ट्रेलियामा मास्टर्स गर्दै गरेका माइलो भाइ बाहेक परिवारका सबै सदस्य अचेल अमेरिकामा नै बस्छन् । प्रकाश बुवाआमासँगै बस्छन् भने डिभी चिठ्ठा मार्फत नै अमेरिका आएका कान्छो भाइ पनि आफ्नै व्यवसाय गरेर डेनभर मै बस्छन् । दिदीको पनि यतै घरजम भैसकेकोछ भने बहिनी उनीसंगै बसेर नर्सिंग विषय अध्ययन गर्दै्छिन् ।

              

जीवनमा कहिल्यै अमेरिका आइएला भन्ने नलागेका उनको सिंगै परिवार अमेरिका नै बस्ने परिस्थितिमा छन् । आफ्नो जन्मथलो र आफन्तहरुले नेपालको सम्झना गराइरहे पनि अब यताको व्यवसाय, बच्चाहरूको पढाई लगाएतका कुरा चटक्कै छोडेर नेपाल फर्कन सक्ने स्थितिमा छैनन् उनी ।

केही समय भित्रै व्यवसायलाई बिविधिकरण गर्दै वियर उत्पादन तिर लगानी बिस्तार गर्ने सोचमा छन् उनी । श्रीमती र परिवारका सदस्यहरूको भरथेगले नै व्यवसायिक सफलता मिलेको हो भन्न उनलाई खुसी लाग्दो रहेछ । प्रकाशका दुई छोराछोरी छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan