Wednesday 21st of February | २०७४ फाल्गुण ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हिमालयन बैंकमा नक्कली सर्टिफिकेट

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ २३ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २३ माघ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले नक्कली सर्टिफिकेटधारी डाक्टर, इन्जिनियर र पाइलटलाई कारवाहीको दायरमा ल्याएपछि अन्य क्षेत्रमा पनि नक्कली सर्टिफिकेटको भरमा जागिर खानेको भाग दौड मच्चिएको थियो ।

भागदौड बैंकिङ क्षेत्रमा पनि देखियो । नेपाल मै बनाएको नक्कली सर्टिफिकेट भरमा जागिर खाने व्यक्तिले पदबाट राजीनामा दिए पनि भारतीय मुलमा बनाईएका सर्टिफिकेट धारी भने अहिले पनि बैंकिङ क्षेत्रमा ठुलो संख्यामा रहेका छन् ।

स्रोतका अनुसार हिमालयन बैंकमा यस्ता नक्कली सर्टिफिकेटवाला दुई दर्जनको हाराहारीमा रहेका छन् । यी नक्कली सर्टिफिकेटधारीलाई बैंकका प्रमुख कार्याकारी (सिईओ) अशोक राणा समुहले संरक्षण दिएको छ ।

उच्च पदस्थ पदमा समेत रहेका ती नक्कली सर्टिफिकेटधारी कर्मचारीलाई बैंकका र राणाका धेरै कमजोरी थाहा भएको हुँदा सिईओ राणाले चाहेर पनि निकाल्न नसक्ने हुँदा उनीहरूले बैंकमा हैकम चलाउँदै आएको स्रोत बताउँछ ।

यी नक्कली सर्टिफेकटको बारेमा नेपाल प्रहरीका सिआईबीले अनुसन्धान गर्ने हो भने धेरै कुरा बाहिर आउने बैंकका एक कर्मचारी बताउँछन् । उता सिईओ राणाले आफ्नो मनपरि तरीकाले बैंक सञ्चालन गर्दा शेरधनी बिच पनि विवाद चल्दै आएको छ ।

बैंकको उन्नती नचाहाने कर्मचारी र जागिर जोगाउन लागिपरेका नक्कली सर्टिफिकेटधारी कर्मचारीलाई साथमा लिएर सिईओ राणा पदमा टिकिराखेका छन् । बैंकको पहिलाको भन्दा स्तरोन्नती खस्कीँदा पनि राणा पदमा टाँसिएर बसेको आरोप लागेको छ ।

उता बैंकमा ११.८५ प्रतिशत सेयर रहेको खेतान समूहको म्युचुअल ट्रेडिङलाई संचालक समितिमा प्रतिनिधित्व नगराइएपछि बैंकमा झनै विवाद चर्किदै आएको छ ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) ले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व चारबाट तीनमा झारेपछि एकजना संस्थापक समूहका सदस्य बाहिरि नुपर्ने भएपछि विवादको अबस्था सिर्जना भएको हो ।

केही अघिसम्म अरूण केसीले सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहेका थिए । केसीले खेतान समूह छाडेपछि म्युचुअल ट्रेडिङले सञ्चालक समितिबाट उनको मनोनयन फिर्ता गरी प्रसाद ज्ञवालीलाई गत भदौ ८ मा सिफारिस गरेको थियो ।

ज्ञवालीको नाम बैंकको सञ्चालक समितिमा प्रवेश नगराइएपछि विवाद चर्किएको हो । हिमालयन बैंकमा लामो समयदेखि अध्यक्ष मनोज बहादुर श्रेष्ठ र सीईओ राणाबीचमा विवाद चल्दै आएको छ,  जनप्रहारमा उल्लेख छ ।

विवाद गरिरहे पनि आफ्नो स्वार्थ पूरा गर्न सीईओ र सञ्चालक समिति दुवैको पदावधि सकिन लाग्दा दुवैले एकअर्कालाई सघाई पदावधि लम्ब्याएका छन् । सन् १९९३ मै स्थापना भएको बैंकले विवादकै कारण अपेक्षित वृद्धि हासिल गर्न सकेको छैन ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan