Wednesday 23rd of May | २०७५ जेठ ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

'ग्राहकको चाहना र भावना अनुसार नै काम गछौं' : गरिमा विकास बैंक सिइयो ढकाल

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ २४ बुधबार |
newsabhiyan
newsabhiyan

विकास बैंकहरुले ग्रामीण क्षेत्रका बासिन्दालाई सहज रुपमा सेवा पु¥याउने उदेश्यको साथ शाखा विस्तारको कामलाई प्राथमिकता दिएका छन् । राष्ट्र बैंकको नीति अनुसार विकास बैंकहरुले पनि पुँजी विस्तारमा जोड दिएका छन् ।

ग्रामीण क्षेत्रबाटै स्थापना भएर आएको गरिमा विकास बैंक आज राष्ट्रियस्तरको विकास बैंकको रुपमा आफूलाई स्थापित गर्न सफल भएको छ । सात वटै प्रदेशमा बैंकको शाखा विस्तार गरेर सेवा दिने उदेश्यको साथ अहिले बैंकले आफ्नो आन्तरिक गृहकार्य गरिहेको छ । यस आर्थिक बर्षमा परिवर्तित संरचना अनुसार करिब ७० वटा शाखा पु¥याउने लक्ष्य बैंकले लिएको छ ।

पारिवारिक वातावरणमा आफ्ना ग्राहकरुलाई सेवा सुविधा दिनुलाई नै बैंकले आफ्नो विशेषता भएको बताएको छ । सरकारले प्रत्येक स्थानीय तहमा एउटा बैंक स्थापना गर्ने निर्णय गरेपनि ऐनमा जटिलता रहेको कारण विकास बैंकहरु स्थानीय तहमा गएर शाखा विस्तार गर्न सकेका छैनन् ।

जसको कारण कर्मर्सियल बैंकहरु जान नमान्ने र विकास बैंकहरुलाई शाखा विस्तार गरेपछि सरकारी खाता सञ्चालन गर्न नपाइने कानुनी अड्चनको कारण स्थानीय  तहमा झण्डै आधा क्षेत्रमा अहिले पनि बैंक जान सकेको अवस्था छैन् ।

यसको लागि डेभलपमेन्ट बैर्कस एसोसिएसनले सरकारको ध्यानाकर्षण गराए पनि सुनुवाई हुन सकेको छैन् । यसै विषयमा डेभलपमेण्ट बैंकर्स एसोसिएसनका वरिष्ठ उपाध्यक्ष समेत रहेका गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइयो) गोविन्द प्रसाद ढकालसँग गरिमा विकासको अवस्था, आगामी योजना लगायतको विषयमा केन्द्रीत रहेर न्यूज अभियानले गरेको कुराकानीः–

कमर्सियल बैंकहरु खुम्चिएर सीमित संख्यामा पुगेको अवस्थामा तपाईहरु भने अहिले धमाधम शाखा विस्तारको काममा लाग्नुभएको छ नि ?
पहिलो राष्ट्र बैंकको नीति अनुसार अनुसार अहिले ३९ वटा विकास बैंक भएका छन् । दोस्रो कुरा विकास बैंक मर्ज हुन पनि आवश्यक छ । निलगिरी, शुभेच्छा विकास बैंक र गरिमा विकास बैंक मिलेर गरिमा विकास बैंक बनेको हो । 

सरकारको नीति अनुसार हामी विकास बैंकबाट नै कमर्सियल बैकमा जाने योजना बनाएका छौं । सम्भव हुन सक्छ कि सक्दैन पछिको कुरा हो । राष्ट्र बैकले निर्धारण गरेको पुँजी गरिमा विकास बैंकले पु¥याइसकेको छ । तत्काल त विकास बैंकको रुपमा काम गर्छौ । अवस्था हेरेर निर्णय गछौं ।

राष्ट्र बैंकले पुँजी बढाउन भनेपछि बैंकहरु मर्ज हुने क्रम त बढ्यो नि होइन ?

राष्ट्र बैंकले बैंकहरुको बीचमा मर्जर गर्नको लागि पोलिसी ल्याएको हो । पुँजी बढाइदिएपछि बैंकहरु मर्जर  हुन्छन र बैंकहरुको संख्या घटछन भन्ने राष्ट्र बैंकको अनुमान थियो । तर त्यो सोचाई अनुसार कमर्सिलय बैकहकरु १५ वटा हुन्छन भन्ने थियो । अहिले कमर्सियल बैकको संख्या नै २८ वटा छ । सबै बैंकले पुँजी पु¥याउने अवस्था देखिन्छ । बरु विकास बैंकको संख्या घटेको छ ।

विकास बैंकहरको भिडमा तपाईहरुले फरक के उदेश्य राखेर अगाडि बढिरहनुभएको छ ?
१२ वटा राष्ट्रिय स्तरका विकास बैंक सहित अहिले क्षेत्रीय विकास बैंक समेत गरेर ३९ वटा विकास बैंकहरु छन् । सबै विकास बैंक राम्रा छन् । हामी राम्रो अरु नराम्रो भन्ने पक्षमा छैनौ । यी बैंकहरु मध्येबाट पनि हामी राम्रो हुने सोच र योजना सहित अगाडि बढेको अवस्था हो ।

हाम्रो बैंकको अधिकांशा शाखा कार्यालयहरु ग्रामिण क्षेत्रमा स्थापना गरेका छौं । हाम्रो स्थापना नै ग्रामिण क्षेत्रबाट भएका  हो । ग्रामिण तहमा धेरै ग्राहकहरु हाम्रो सेवाबाट लाभान्वित भएका छन् । हाम्रो लक्षित समुदाय धेरै ग्रामिण क्षेत्रमा नै छन् ।

त्यसैलाई फोकस गरेर काम गरिरहेका छौं । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जानुपर्छ भनेर केन्द्रीय कार्यालय काठमाडौंमा स्थापना गरेर अहिले काम गरिरहेका छौं । गाउँको पैसा बजारमा होइन बजारको पैसा गाउँमा पु¥याएका छौं । बेनीजस्तो दुर्गम ठाउँमा हामीले २५ करोड  रुपैयाँ लगानी गरेका छौं ।

व्यवसाय गर्नेहरुले बैंकबाट सहज रुपमा ऋण नपाउने गुनासो गर्ने गरेका छन नि ?
कोही–कोही कस्टमरलाई बैंकहरुले घरघरमा पुगेर चाकडी गर्नुपर्ने अवस्था पनि छ । कोही–कोही मानिसहरुले बैंकमा धाएर पनि ऋण नपाएको अवस्थामा छ । यसलाई हामीेले बुझेका छौ । बैंक वित्तिय संस्थामा कर्जा लिएर कर्जा तिर्नुपर्छ भन्ने भावना मध्यम वर्ग र निम्न वर्गलाई जति छ उच्च वर्गलाई त्यो पैसा तिर्नु पर्छ भन्ने छैन् ।

बैंकलाइै जोखिम उच्च वर्गबाट परेको छ । हामीले विना धितो ४५ करोड माइक्रो फाइन्समा लगानी गरेका छौं । मध्यम वर्ग र निम्न वर्गले आफ्नो घरको चुल्हो बल्दैन भन्ने अवस्थामा मात्र कर्जा नतिर्ला । अन्यथा तिर्नु पर्ने भन्ने राम्रो भावना छ । जसले आफूलाई सम्भ्रान्त वर्गको परिवार हो भन्छ ।

हाम्रो राजनीतिक पहुँचछ भन्छ । भोली ठूलावडा मानिसहरुलाई प्रभाव पार्न सक्छौ भन्ने मानसिकता लिएको हुन्छ । भोली ब्याज मिनाह गर्न खोज्ने, कर्जामा हर्जना मिनाह गर्न खोज्ने पैसा तिर्न नखोज्ने र त्यो फाइदा लिने प्रवृत्ति छ । तर मध्यम र निम्न  वर्गमा त्यो  देखिदैन । त्यही भएर पनि हामीले मध्यम वर्गको लागि लक्षित गरेर नै धेरै कार्यक्रम बनाएका छौं ।

कृषि प्रधान देश भएपनि बैंकहरुले कृषि क्षेत्रमा कम लगानी  गर्नुको कारण के हो ?
हामीले कृषिमा क्षेत्रमा लगानी गर्न धेरै जोड गरेका छौं । नेपालमा हामीले कृषिमा लगानी गर्नुपर्छ भन्छौ । नेपाल राष्ट्र बैंकले पनि कृषिमा लगानी गर्नुपर्छ भन्छ । तर म किसान गर्छु । कृषि पेशा गरेर म परिवार चलाउछु भनेर आउने उद्यमीको अभाव छ ।

हामीले त्यसै गएर पैसा बाँडने कुरा त भएन । म काम गर्छु भनेर मान्छेले बैंकबाट  पैसा नपाउने भन्ने कुरा हुँदैन । हामीले ग्रामिण क्षेत्रमा सडक नजोडिएको घर जग्गामा लिएर समेत उद्यमी गर्नेहरुलाई ऋण उपलब्ध गराएका छौं ।

यहाँलाई के कारणले कृषि क्षेत्रमा लगानी हुन सकिरहेको छैन जस्तो लाग्छ ?

विकासको कुरामा विशेषगरी सरकारी निकायको नै बढी भूमिका हुन्छ । कृषकले उत्पादन गरेको बस्तुहरु बजारसम्म ल्याउने माध्यमको अभाव छ । दुध फ्याक्नु पर्ने बाँध्यता छ ।  तरकारी कुहिएर जाने अवस्था छ । सबै क्षेत्रमा सडकको राम्रो पहुँच छैन् ।

उत्पादन गरेर लागत पनि नउठने हो भने कसरी काम गर्छ ? चिस्यान भण्डारको व्यवस्था गर्ने, बजारको प्रबद्र्धन सरकारले नै गरिदिने, सडकको राम्रो व्यवस्थ ागर्ने हो भने कृषि  क्षेत्रमा लगानी बढ्छ । सरकारले भौतिक पूर्वाधारको निर्माण गरेपछि ती क्षेत्रमा बैंक तथा वित्तिय संस्थाहरु त्यहाँ गएर सेवा विस्तार गर्न र लगानी गर्न तयार हुन्छ । यो कार्यमा गरिमा विकास बैंक झन अगाडि जान्छ ।

गरिमा विकास बैंकलाई नै रोज्नु र खोज्नु पर्ने कारण के छ ?
कमर्सियल बैंक, विकास बैंक र फाइन्सको सबैको काम एउटै छ । सबैले एटिएम दिएका छन् । सबैको एसएमएस सेवा  दिएका छन् । तर गरिमा विकास बैंकमा पनि तिनै सेवा सुविधा हुन भन्ने लाग्न सक्छ । हामीले हाम्रो ग्राकहरुलाई सरल र सहज रुपमा सुविधा दिएका छौं ।

पारिवारिक वातावरणमा सेवा दिन्छौ । बैंकमा भौचर भर्न नआउनेहरुलाई पनि हामी सहयोग गरेर सेवा दिन्छौ । विदेशबाट आउने पैसा मानिसहरुले घरमा लगेर नराखेसम्म पैसा आएको महशुस नगर्ने परिपार्टी छ । हामीले ती ग्राकहरुलाई सम्झाएर पैसाको ब्याज पनि आउने र सुरक्षित पनि हुने कुरा बुझाउछौ ।

अलिकता फरक बचत कर्तालाई थोरै बढी ब्याज दिएका छौं । व्यवसायी उद्यमी र बैंक भनेको साहु र ऋणि होइनन् । यिनीहरु एउटै डुंगा यात्रा गर्ने सहयात्री हुन् । डुंगा डुब्यो भने सबै डुब्छन । व्यवसायी सफल भयो भने बैंक सफल हुन्छ । व्यवसायी असफल भयो बैंक असफल हुन्छ ।

संघीय संरचनामा देश गइसकेको छ । सात वटै प्रदशमा तपाइहरु कसरी जादै हुनुहुन्छ ?
प्रदेश नम्बर १ मा नौ वटा शाखा खोल्दै छौ । अबको दुइ महिनामा सञ्चालमा ल्याउछौ । हाम्रो उपस्थिति नुहने भनेको ६ र ७  नम्बर प्रदेशमा हो । हामी यही आर्थिक बर्षभित्र नै सात वटै प्रदेशमा हाम्रो शाखा कार्यालय सञ्चालमा ल्याउछौ ।

त्यसपछि २ नम्बर प्रदेशमा जान्छौ । यही फागुन अन्तिमसम्म दस वटा शाखा विस्तारको तयारीमा छौं । त्यसपछि काठमाडौंमा चार वटा शाखा कार्यालय खोल्छौ । यो आर्थिक बर्षको अन्तिमसम्म गरिमा विकास बैंकको करिब ७० वटा शाखा कार्यालय हुन्छ ।

शाखा विस्तार गर्नु हाम्रो बाँध्यता हो । पुँजी बृद्धि गर्नुपर्ने भएपछि शाखा विस्तार गर्नुपर्छ । किनकी चार गुणाले पुँजी बृद्धि भएपछि त्यो अनुसारको बजार प्रबद्र्धन त गर्नु प¥यो । शाखा सञ्चालन नभएसम्म व्यवसाय विस्तार गर्न सकिन्न ।

सरकारले प्रत्येक नेपालीको बैंक खाता खोल्ने नीति लिएको छ नि ? कतिको सम्भव छ ? गाउँ गाउँमा पुगेर सेवा दिने विषयमा तपाईहरुको के योजना छ ?
हाम्रो पहिलो प्राथमिता नै ग्रामिण क्षेत्रलाई राखेका छौं । बैंक र वित्तिय संस्थाहरु एकै ठाउँमा थुप्रिने प्रचलन छ । त्यसबाट हामी केही फरक छौं । हामीले ग्रामिण क्षेत्रका बासिन्दाहरुलाई जागरुप बनाउने हो । जहाँ बैंक छैन त्यहाँ पनि जाने हो ।

संंघीयता भएपछि विकासको काम पनि बढी हुन सक्छ । बैंकको शाखा विस्तार भएको अवस्थामा सहज हुन्छ । धेरै शाखाहरु एकै ठाउँमा केन्द्रीत हुने अवस्था छ । कतिपय ठाउँमा अझै पनि बैंक नहुँदा कठिनाई छ । यस बारेमा सबैले सोच्नु पर्छ ।

अहिले पनि धेरै स्थानीय तहमा बैंक जान सकेको छैन । त्यसो भए स्थानीय तहमा बैंकको शाखा विस्तार किन हुन सकेन त ?
नेपाल राष्ट्र बैंक स्थानीय तहमा विकास बैंंकको शाखा स्थापना गर्न बारेमा पोजेटिभ छ । अर्थ मन्त्रालय पनि पोजेटिभ र अहिले महालेखाले हुँदैन भनेपछि हामी ब्याक भएका छौं । सरकारी खाता सञ्चालन गर्ने विकास बैंकले पाउदैन भने त्यहाँ जानुको कुनै अर्थ छैन् । यसले हामीलाई अपठ्यारो पार्छ ।

तीन सय स्थानीय तहमा अहिलेसम्म विकास बैंकको स्थापना भएर कारोबार सुरु भइसक्थ्यो । सरकारले सोच्नु पर्छ । राष्ट्र बैंकले स्वीकृति दिएको छ । ऐनमा अहिले पनि सरकारी खाता सञ्चालन गर्नको लागि कमर्सियल बैंक हुनुपर्छ भनेको छ । सबै स्थानीय तहमा राष्ट्र बैंकले बैंक पु¥याउनु पर्छ भन्ने कुरा राम्रो हो । बैक त जाने कसरी जाने ? इन्टरनेट, शान्ति सुरक्षा, सडक बत्ति र पानी भएन भने कुनै पनि बैंके अवस्था हुन सक्दैन ।

बैंकको शाखा विस्तार गर्न अहिलेको कानुनी जटिलता कहाँनिर हो त ?
नेपालमा बहुदल आयो । जनआन्दोलन मार्फत संविधानसभाबाट संविधान पनि जारी भयो । तर अहिले पनि  पञ्चायतकालिन नीति तथा नियमहरु परिवर्तन हुन सकेको छैन् । जुन बेला विकास बैंक र फाइन्सको अवधारणा नै थिएन । त्यति बेला नेपाल वैक र राष्ट्रि वाणिज्य बैंक मात्र थिए । पछि कृषि विकास बैक आएको हो । त्यो बेलाको ऐन नियमले गर्दा अहिले हामीले काम गर्न नपाएको हो ।

यस बारेमा नीति निर्माण तहमा रहेकाहरुले ध्यान दिन सकेका छैनन् । ऐन संशोधन गर्ने काम संसदको हो । तर खै किन हो अहिलेसम्म यतातिर ध्यान जान सकेको छैन् । राष्ट्र बैंकले पनि पुरानो ऐन परिवर्तन हुनुपर्छ भनेको छ । तर त्यहाँ कसैलाई पनि चासो छैन । यो नियमले गर्दा विकास बैंक जान नपाएको कुरा हो  । तर गाउँपालिकाको आग्रहपछि अहिले छ वटा स्थानीय तहमा गरिमा विकास बैंकले काम गरिरहेका छ ।

तपाईहरुको डेभलपमेण्ट बैंर्कस एसोसियसन पनि छ । किन कुरा उठाउनु भएको छैन ?
म डेभलपमेण्ट बैंर्कस एसोसिएसनको वरिष्ठ उपाध्यक्ष हुँ । यसको लागि यति पहल गरियो कुरा  भनिसाध्यै छैन । यसमा राष्ट्र बैंक पोजेटिभ छ । अर्थ मन्त्रालय पनि सकारात्मक छ । तर यसको लागि  एैन नै संशोधन गनुपर्छ । कानुनी जटिलता नभएको भए हामी लेभलपमेण्ट बैंकहरुबीच आपसी समन्वयमा अहिलेसम्म सबै स्थानीय तहमा शाखा विस्तार गरेर कारोबार सुरु भइसकेको हुन्थ्यो ।

गरिमा विकास बैंकको कति छन ग्राहक ? तपाईहरुको लगानीको प्राथमिकता के हो ?
 हाम्रो दुर्इ लाख पचास हजार कस्टमर छन् । कृषि, माइक्रो फाइन्नासमा पनि लगानी छ । साना उद्योगमा पनि लगानी गरेका छौ । जलिविद्युतमा पनि लगानी गरेका छौ । ग्राहकको चाहना र भावना अनुसार नै काम गछौं । आगामी दिनमा विकास निर्माणको कामसँग जोडेर जैजाने  सोच बनाएका छौं ।

बैंकहरुले उत्पादनको क्षेत्रमा भन्दा पनि गाडी घर लगायतको क्षेत्रमा बढी लगानी गर्नुको कारण के हो ?
देशभित्र उद्योगमा जाति लगानु हुनुपर्ने त्यो भएको छैन् । नेपालमा उद्योग स्थापना भएर फैलिदै गएको अवस्था छैन् । जबसम्म उद्योग स्थापना हुँदैन तबसम्म विकास हुँदैन । रोजगारीको अवसर सृजना हुन्छ ।

राज्यलाई कर आउछ । त्यही भएर आफ्नो व्यवसायलाई अगाडि बढाउनको लागि पनि बैंकहरुले हाउजिङ, गाडीमा लगानी गर्नुपर्ने अवस्था हो । गाडी र हाजिङमा लगानी गर्न जति सजिलो छ व्यवसायमा लगानी गर्न पनि जटिलताहरु पनि छन् । उद्योगपतिहरु लगानी गर्न खोज्नुहुन्छ ।

आफ्नो रिन धन  गरेर लगानी गरेपनि त्यहाँ उद्योगपति छिर्न पाउदैन । टे«ड युनियनाको नाममा गेटमा ताला लगाउने गलत संस्कार छ । यसको अर्थ श्रमिकहरुले आफ्नो श्रमको उचित मुल्य पाउनु पर्छ । तर उद्योगलाई नै डुबाउने खेलमा लाग्नु हुँदैन ।

गरिमा विकास बैंकको पुँजी कति छ ?
२ बर्ष ५३ करोड ४८  लाख छ । डिपोजिड १७ अर्ब पचास करोड लोन झण्डै १६ अर्ब छ ।

बैंक स्थापना गर्ने होड चलेपछि अझै पनि बैंकिङ पहुँचबाट धेरै नागरिकहरु बाहिर छन नि ?
सबै बैकले आ–आफ्नो ठाउँबाट जनचेतनाको काम गरिरहेका छन् ।  हामीले वित्तिय साक्षता भनेर पश्चिममा काम गरेका छौ । तर सबै बैंकहरुले वित्तिए साक्षरताको क्षेत्रमा कम काम गरेको देखिन्छ ।

पहाडी क्षेत्रमा बैंक मार्फत कारोबार गर्ने संख्या धेरै छ । तर तराई क्षेत्रमा अहिले पनि साहुकैमा पैसा जम्मा गर्ने र ऋण लिने प्रचलन छ । वित्तिय साक्षरताको कार्यक्रम अभियानकै रुपमा अगाडि बढाउनु पर्छ । बैकिङ शिक्षालाई अब पाठ्यक्रममा नै समावेश गर्नुपर्छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan