Saturday 18th of August | २०७५ भदौ २ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

यादवको कुरा यता पो मिल्दै ! 'ओलीसँग हात मिलाएर सरकारमा जान तयार'

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ २५ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । राजनीतिमा अजात सत्रु हुदैन् भनिन्न छ । त्स्र्त भएको छ नेता केपी ओली र उपेन्द्र यादव विच । प्रसङ्ग हो । आउँदो सरकार गठनको । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी अबको सरकारमा सहभागि हुने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै यादवले बाम गठबन्धनको सरकारमा सहभागि हुने स्पष्ट पारेका हुन्

भावी प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओलीसँग हात मिलाएर आफ्नो दल सरकारमा जान चाहेको यादवले स्पष्ट पारेका छन् ।  यादवले सरकारमा सहभागि हुनका लागि संविधान संशोधनको मुद्दा नछोड्ने पनि स्पष्ट पारेका छन् ।

“म ओलीसँग हात मिलाएर सरकारमा जान चाहन्छु, तर संविधान संशोधन हुनुपर्छ ।” यादवले भने ।

जनताको म्यान्डेटअनुसार वाम गठबन्धनकै नेतृत्वमा सरकार बन्नुपर्नेमा यादवले जोड दिएका छन् ।

प्रदेश नम्बर २ मा राजपासँग मिलेर नै सरकार बनाइने यादवले बताएका छन् ।

मुख्यमन्त्री आफ्नो दलबाट लालबाबु राउतलाई बनाइने र सभामुख राजपालाई दिने यादवको भनाई थियो ।

संघीय समाजवादी फोरम नयाँ बन्ने केन्द्रिय सरकारमा सहभागि हुन लागेको हो ?
सरकारको नेतृत्व गर्ने नेकपा एमालेले अनुकुल वातावरण बनाउन सके हामी सरकारमा सहभागि हुन्छौँ । हामीले उठाउँदै आएको संविधान संशोधनको मुद्दाप्रति एमाले सकारात्मक रुपमा स्पष्ट भएर आए हामी सरकारमा जाने बाटो खुल्छ । तर एमाले र माओवादी मिल्दा सरकार बनाउनका लागि हाम्रो आवश्यक पर्दैन । तथापी राष्ट्रिय समस्या समाधान गर्ने र हाम्रो पनि सहयोग लिने हो भने हामी सहयोग गर्न तयार छौँ । एमाले पनि संविधान संशोधन गर्न तयार छ त ?

तपाईले केपी शर्मा ओलीसँगको भेटमा यि विषयमा कुरा भएको छैन ?
राजनीतिक सम्झौताको माध्यमबाट अगाडि बढ्नुपर्छ । उहाँहरुले चाहनुभयो भने सरकारमा सहभागि हुने र संविधान संशोधन गर्ने कुरा सम्भव छ । सरकारमा जाउँ भनेर मात्रै हुँदैन, संविधान संशोधन पनि गर्छु भन्नुपर्छ । त्यसपछि हामी हात मिलाएर जान तयार छौँ ।

तपाई केपी ओलीसँग हात मिलाएर सरकारमा सहभागि हुन तयार हुनुहुन्छ ?
तयार छौँ । तर एमाले पनि संविधान संशोधन गरेर माग पूरा गर्न तयार हुनुपर्छ ।

एमाले र माओवादीबिचको पार्टी एकता केही समयका लागि टरेको छ । यस्तो अवस्थामा एमालेले राजपा र फोरमलाई लिएर सरकार बनाउनुपर्ने अवस्था आउनसक्ने अनुमान गरिएको छ । यसमा तपाईको धारणा के छ ?
खै यो विषयमा औपचारिक रुपमा कसैसँग केही कुरा भएको छैन । उहाँहरुको मनमा भएको कुरा त कसरी थाहा पाउने ? तर माओवादीलाई पर राखेर हुँदैन । माओवादी र एमाले मिलेर चुनाव लडे, स्थिर सरकार दिन्छाँै भनेर जनतालाई आश्वासन दिए, तर अहिले फेरी रङ्ग बदल्ने हो भने देश र जनताले के भन्छ ? त्यसैले म त एमाले र माओवादीबिचको गठबन्धनले नै सरकार बनाउनुपर्छ भन्ने पक्षमा छु । जनताको मतलाई सम्मान गर्नुपर्छ । एकथोक भनेर भोट माग्ने, अर्को थोक गर्ने गर्नु हुँदैन । पार्टी एकता हुन नसके पनि सरकार चाँही दुई दल मिलेर नै बनाउनुपर्छ ।

नेपालका राजनीतिक दल र तिनका नेताहरुले जनमतको कदर गर्न त जान्दैनन् नि ?
राजनीतिक दल र तिनका नेताहरुले जनमतको कदर गर्न सिक्नुपर्छ । नत्र भने मुलुक बर्बाद हुन्छ । व्यक्तिगत र गुटगत स्वार्थमा मात्रै रुमल्लिदा धेरै देश बर्बाद भएका छन् । त्यसैले जनादेश अनुसार एमाले र माओवादीबिच अगाडि बढ्नुपर्छ । दुईवटै कम्युनिष्ट पार्टी हुन् । मिल्नुपर्छ । के कसरी मिल्ने भन्ने प्राविधिक कुरा हुन् । म केही भन्दिन ।

एमाले र माओवादीबिच कुरा मिलेन र माओवादी सरकार बाहिर बस्यो भने तपाईहरु एमालेलाइ साथ दिएर सरकारमा जाने कि नजाने ?
यदी एमालेले राष्ट्रिय मुद्दालाई सम्बोधन गर्ने, संविधान संशोधन गर्ने कुरामा सहमत भयो भने हामीलाई सरकारमा सहभागि हुन कुनै आपत्ति छैन । देशलाई समृद्धिको बाटोमा लैजाने र जनताको समस्या समाधान गर्न तयार हुने हो भने हामी पनि हात मिलाउन तयार छौँ ।

प्रदेश नम्बर दुईमा तपाईको दलले सरकार बनाउँदै छ । मुख्यमन्त्री लालबाबु राउत हो ?
लालबाबु राउतलाई संसदीय दलको नेतामा चयन गरेको मुख्यमन्त्रीकै लागि हो । राजनीतिमा जे पनि सम्भव र असम्भव छ । अन्यथा भएन भने उहाँ नै मुख्यमन्त्री हो । तर म भन्छु हाम्रो पार्टीबाट संसदीय दलका नेता लालबाबु राउत नै मुख्यमन्त्री बन्नुहुन्छ ।

राजपाले साथ देला कि नदेला ?
यो राजपामाथि नै निर्भर छ । तर राजपाले साथ दिए पनि नदिए पनि मुख्यमन्त्री लालबाबु राउत नै हो ।

राजपाले पनि मुख्यमन्त्री आलोपालो बन्नुपर्छ भनेको छ नि ?
यो राजनीतिको विकृति र विसंगति हो । आलोपालो गर्ने भनेको विकृति हो । मुलुकलाई डुबाउने काममा हामी लाग्दैनौँ । प्रदेश नम्बर दुईमा समस्या समाधान गर्न सक्ने स्थिर, सक्षम र सबल सरकार चाहिन्छ । आलोपालो गर्ने कुरालाई हामीले ठाडै अस्विकार गरेका छौँ । काले काले मिलेर खाउँ भन्ने कुराले जनताको हित हुँदैन । एउटै सरकार पाँच वर्षका लागि हुनुपर्छ ।

तपाईहरु राजपालाई सभामुख दिन तयार हो ?
हो । राजपालाई सभामुख दिन हामीलाई कुनै अप्ठ्यारो छैन । हामी सबै आफैलाई चाहिन्छ भन्दैनौँ । म त राजपालाई मात्रै होइन, अरु दललाई पनि समेटेर लैजाने पक्षमा छु । पछाडि परेको प्रदेशलाई सबै मिलेर बनाउँ भन्ने हो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan