Thursday 24th of May | २०७५ जेठ १० बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाराहीटोलमा मोटरबाटो निर्माण

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ २६ शुक्रबार |
newsabhiyan

रामपुर, पाल्पा, २६ माघ (रासस) ः स्थानीयवासीको सक्रियतामा पूर्वखोला गाउँपालिका–३ को बाराहीटोलमा मोटरबाटो निर्माण गरिएको छ ।

पूर्वखोला गाउँपालिकाको वडा नं ३ को चुनियाँदेखि बाराही टोलसम्मको तीन किलोमिटर मोटरबाटो निर्माण गरिएको हो । साविक रिङ्नेरह गाविसको चुनियाँदेखि बाराहीटोल, भुपिया, अर्खलडाँडा हँुदै रुम्ढ्या जोड्ने सात किलोमिटर ट्रयाकमध्ये तीन किलोमिटर सडकको ट्रयाक खुलेपछि स्थानीयवासी खुशी भएका छन् ।

पूर्वखोला गाउँपालिकाको रु ५० हजार र स्थानीवासीको रु एक लाख २५ हजार गरी जम्मा रु एक लाख ७५ हजारको लागतमा मोटरबाटो निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष हुम नेपालीले बताउनुभयो । यहाँ मोटरबाटो निर्माण भएपछि बाराही टोलका स्थानीयवासीलाई ठूलो राहत मिलेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan