Saturday 18th of August | २०७५ भदौ २ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लिफ्टसहितको होटल सञ्चालनमा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ २७ शनिबार |
newsabhiyan

पाल्पा, २७ माघ (रासस), सदरमुकाम तानसेनमा सुविधा सम्पन्न लिफ्ट प्रविधि जडानसहितको होटल सञ्चालनमा आएको छ ।

तानसेनको टँुिडखेल मैदान नजिकै मुक्ति जिसीले रु १६ करोडको लगानीमा होटल ताज सञ्चालनमा ल्याउनुभएको हो । तानसेन आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि अत्याधुनिक सेवा सुविधासहितको होटल नहुँदा बास बस्नकै लागि यहाँबाट पोखरा र बुटवल फर्कन बाध्य हुने गरेका थिए । जिल्लामै पर्यटकलाई बास बस्ने र यहाँको पर्यटकीय क्षेत्रको अवलोकन गराउने उद्देश्यले होटल सञ्चालन गरेको जिसी बताउनुहुन्छ ।

होटलमा फरक पहिचान र फरक स्वाद सेवा सुविधाको व्यवस्थापन गरिएको व्यवस्थापक देवेन्द्र खड्काले बताउनुभयो । उक्त होटलमा सुविधा सम्पन्न १५ कोठाको व्यवस्था छ । होटलबाट ५० जनालाई रोजगार मिलेको छ । तानसेनमा झण्डै आधादर्जन भन्दा बढी ठूला लगानीका होटल सञ्चालनमा आएका छन् । रानीमहल दरबार, एशियाकै ठूलो त्रिशूल रहेको भैरवस्थान मन्दिर, पाल्पादरबार संग्रहालय, शीतल हावा प्रदान गर्ने मनोरम श्रीनगरडाँडा लगायतका दर्जनाँै पर्यटकीयस्थल रहेकाले पनि पाल्पा पर्यटकको आकर्षणको केन्द्र बन्न पुगेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan