Wednesday 17th of October | २०७५ असोज ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ओलीको हाइभोल्टेज: खनाल र नेपाल जिल्लाराम ! वाम एकीकरण धकेलियो

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ २८ आइतबार |
newsabhiyan
newsabhiyan

न्यूज अभियान ,काठमाडौं,२८ माघ । एमालेभित्र झलनाथ खनाल र माधव नेपाल जिल्लाराम परेका छन् । यो पनि पढ्नुहोस् । एमाले–माओवादी एकता संकटमा, माधव र झलनाथ निरीह

मुख्यमन्त्रीमा १ मा शेरधन, ३ मा डोरमणिले विजय हासिल गरेका मात्र होइनन्, ३ नम्बर क्षेत्रमा राजेन्द्र पाण्डेले जित्ने दावी गरिरहेका बेलामा रातको १० बजे ओलीले तपाई चुप लागेर बस्नोस भनेपछि डोरमणिले टिकट पाए र माघ २६ को चुनावमा डोरमणिले बिजय हासिल गरे ।

एकमात्र महिला अष्टलक्ष्मी शाक्यले समेत माधव नेपाल खेमाबाट ओली खेमामा जाने बताएकी थिइन् तर उनी चुनाव उठिन, ५८ भोटमा २४ मात्र पाइन ।

ओलीको अपरादर्शी समर्थनका कारण डोरमणि पौडेलले ३४ मत पाएर प्रदेशसभाको संसदीय दलको नेतामात्र होइन, मुख्यमन्त्रीसमेत पड्काउने भए ।

निकै चम्केका राजेन्द्र पाण्डे पाहा पछारिएजस्तो पछारिएको दृश्यले माधव र झलनाथ गुट जिल्लाराम परेका छन् ।

यसको असर मै राष्ट्रपति हुनुपर्छ भनेर उफ्रिरहेका झलनाथ खनालको दावीमा पनि पर्ने निश्चित छ ।

वाम एकीकरण झन पर धकेलियो

माघ २५ गते प्रचण्ड र ओलीवीच ५ घण्टा लामो गोप्य बैठक बस्यो । दुई नेताबीच नयाँ संघीय सरकार, ६ वटा प्रादेशिक सरकार तथा पार्टी एकताका विविध पक्षमा छलफल भएको थियो ।

यही छलफलका कारण शुक्रवार गर्ने भनिएको पार्टी एकीकरण बैठक अकस्मात रद्द गरियो । भन्नलाई १ र ३ नम्बर प्रदेशको चुनावका कारण भने पनि यथार्थमा पार्टी एकीकरण नै गर्नेप्रति एमालेभित्रै सहमति बन्न सकेको छैन ।

माओवादी अध्यक्ष प्रचण्डले एकीकरणमा शंका नगर्न भनिरहेका छन् र उनको दाउ जसरी पनि एकीकृत अध्यक्ष हुने छ । तर एमालेको सारा संरचना नै छिन्नभिन्न हुने र प्रचण्डप्रति अविश्वास बढेकाले एकीकरणको सम्भाबना पातलिदै जान थालेको एमाले स्रोतले जानकारी दिएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan