Tuesday 16th of October | २०७५ असोज ३० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बारुद उद्योग चलाउन डेढ अर्व

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ २९ सोमबार |
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, २९ माघ । नेपाली सेनाले आफ्नै बारुद उद्योगका लागि डेढ अर्व निकासा पाएको छ । यसलाई मकवानपुरको सुनाचरीस्थित ‘इमल्सन प्लान्ट’को क्षमता बृद्धिमा खर्च गरिनेछ ।

यसका लागि अनेकन दलालहरु सेनामा प्रभाव हाल्न सक्रिय भएका छन् । खासगरी प्रम देउवाका साला प्रमोद राणा बढी सक्रिय भएका छन् ।

अहिलेसम्म यो इमल्सन प्लान्ट कल्याणकारी बजेटबाट चलिरहेको छ । अब सरकारको ठूलै लगानीमा क्षमता बृद्धि हुन लागेको हो । यो उद्योगमा भारतको पनि निकै चासो रहदै आएको छ ।

सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले इमल्सन प्लान्टको उत्पादन क्षमता बढाउने उपकरण खरिद गर्न सरकारबाट १ अर्ब ५० करोड रुपैया निकासा भएको खुलासा गरेका छन् । उनले यो प्लान्ट देशकै हितमा सञ्चालन भएको दावी पनि गरेका छन् ।

बिगत एक वर्षमा अवधिमा हेलिकप्टर तथा जहाज किन्न मात्रै सरकारले सेनालाई ५ अर्बभन्दा बढी रकम निकासा दिइसकेको छ ।

सैनिक कल्याणकारी कोषले २४ करोड २५ लाख ९२ हजार रुपैयाँ लागतमा खोलेको सुनाचरी इमल्सन प्लान्टबाट पहिलो पटक २०५९ जेठ ८ गते बम, गोलीगठ्ठा तथा अन्य विस्फोटक पदार्थ परीक्षण उत्पादन गरिएको थियो ।

उक्त प्लान्टमा अहिले उद्योग मन्त्रालयले १५ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan