Thursday 24th of May | २०७५ जेठ १० बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

उद्योग वाणिज्यसंघ चितवनद्वरा ७ बुँदे कार्य योजना सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण १ मंगलबार |
newsabhiyan
newsabhiyan

प्रनिश थापा , चितवन । उद्योग वाणिज्यसंघ प्रदेश नम्वर ३ को चितवनमा सम्पन्न दोस्रो बार्षिक प्रदेशसभाले सात बुँदे प्रतिबेदन सार्वजनिक गरेको छ । दुई दिनसम्म भरतपुरमा चलेको भेलामा निजी क्षेत्रका समस्या,चुनौती,अवसर र आगामी कार्यदिशाका वारेमा छलफल गरिएको थियो ।

भेलाको निर्णय सार्वजनिक गर्न आज (सोमवार) भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल उद्योग वाणिज्य संघ प्रदेश नम्वर ३ का अध्यक्ष दिनेश श्रेष्ठले कर प्रणाली व्यवस्थित गरि उद्योगमैत्री बातावरण सृजनाका लागी उवासंघ अग्रसर हुने बताउदै उनले भेलामा भएको छलफलबाट उठेका विषयहरु कार्यान्वयन लैजान प्रदेश समितिले पहल गर्ने बताए । भेलाले उवासंघको सदस्यता लिएर सामान प्रकृतीका अन्य संघ सस्थामा सदस्यता लिए खारेज गर्ने अधिकार पदाधिकारीलाई दिने निर्णय गरेको छ ।

मेला महोत्सव व्यवसायीक प्रतिनिधीमूलक संघ संस्थाहरुले मात्रै गर्न पाउनुपर्ने माग प्रदेश भेलाको छ । कर प्रणाली व्यबस्थित गर्दै व्यवसाय दर्ता तथा खारेज गर्दा उद्योग वाणिज्य संघको सिफारिस हुनुपर्ने धारणा संघको निर्णयमा उल्लेख छ । बैंक तथा बित्तिय संस्थाहरुको कर्जा प्रवाह झन्झटिलो भएको भन्दै भेलामार्फत त्यसलाई सहज बनाई व्याजदर बढाउने काम रोकिनुपर्ने माग गरिएको छ ।

न्यून बिजकीकरणको समस्या समाधान गरेर स्वदेशी उद्योगको प्रवद्र्धनमा ठोस कामका लागी पहल गर्ने संघले जनाएको छ । देशमा लगानीमैंत्री बातावरण निर्माण गरी आगामी १० बर्षलाई राष्ट्रिय उत्पादन दशकका रुपमा सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने उद्योगी व्यवसायी को भनाइ छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan